Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

‘किन ?’ ( गजल )

‘किन ?’ ( गजल )

नेप्लिज डायस्पोरा

२९, श्रावण २०८१
images
‘किन ?’ ( गजल )

‘किन ?’

मुटु दिएँ छुरा हान्यौ, अब तिमीलाई जान्नु किन ?
आफ्नै बाटो लागे भइगो, अझै खुट्टा तान्नु किन ?

 

लाजले लाज मानिसक्यो, तिम्लाई लाज लागेन खै
आफ्नै नाक काटिएसी, दुनिया बुच्चो ठान्नु किन ?

आफ्नै प्रेमको पुजारीलाई, मन्दिर भित्रै रेटीरह्यौ
ज्यानै लिएसी ब्यबहारले, लासमा लात्ती हान्नु किन ?

धुर्तले धुर्त्याई छोड्ला बरु, तिम्रो इर्स्या मेटिएन
पानीमा रङ्ग मिलाएसी, रुमालले छान्नु किन ?

हदकाे सीमा पार गर्यौ,अब के नै बाँकी छ र ?
गोहीको आँसु झार्दैमा, तिमीलाई सत्य मान्नु किन?

गाेपी राम भण्डारी
सिन्धुपाल्चोक

images
प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - २१:१८:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend