Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न लिङ्देनको माग

पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न लिङ्देनको माग

नेप्लिज डायस्पोरा

३०, श्रावण २०८१
images
पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न लिङ्देनको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाएका छन् । 

 

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका हुन् । आफूले मौका पाउने बित्तिकै अरूलाई बिर्सिन नहुने उनको भनाई थियो ।

उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योगदान छैन ? दलहरूले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याए बापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’

 

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले  शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताए । उनले यसलाई कसरी टुङ्ग्याउने भन्ने कुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताए । 

 

उनले भने, ‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरा गर्दछौँ । त्यस बेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुङ्ग्याउने भन्ने कुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व ग¥यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा विद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रूपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’ 

 

 

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १६:३४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend