Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अस्टिनको नेपाली मन्दिरमा अनियमितताको आशंका, छानविन गर्न सरकारी निकाय गुहारिने

अस्टिनको नेपाली मन्दिरमा अनियमितताको आशंका, छानविन गर्न सरकारी निकाय गुहारिने

नेप्लिज डायस्पोरा

३, भाद्र २०८१
images
अस्टिनको नेपाली मन्दिरमा अनियमितताको आशंका,  छानविन गर्न सरकारी निकाय गुहारिने

नारायण भण्डारी

अस्टिन / टेक्सास

ग्रेटर अस्टिन नेपाली समाजको लामो समयदेखि विवादस्पद हुदै आएको आर्थिक पारदर्शिता, प्रकृयागत संचालक समिति गठन र विधान संसोधन गरिनु पर्ने मागलाई लिएर भएका विवादहरु अब सरकारी निकायसम्म पुर्याईने भएको छ । 

गत अप्रिल २८ गते भएको सॅस्थाको पाचौं अधिवेशनमा एउटा समुहले जबर्जस्ति आफ्ना प्रस्ताबहरु पास भएको एक पक्षिय घोषणा गरेपछि  उत्पन्न भएको विवाद गहिरिदै गएर सरकारी निकायसम्म पुर्याउने निष्कर्ष आज संस्थाको सभा कक्षमा बसेको ट्रष्टिहरुको छलफलले गरेको हो । 

आजको छलफलमा मुख्य छवटा प्रस्तावहरुमाथि छलफल भई पारित गरिएको छ । 

अघिल्लो साता संस्थाको सभा हलमा आयोजित ट्रष्टीहरुको भेलामा विवादित विषय मिलाऊने भनि सामुहिक निर्णय गरिए पनि विगत ६ बर्षदेखि संस्थामा नेतृत्व गर्दै आएको समुहले पछिल्लो मिलाउने प्रयास स्विकार नगरेपछि विबाद उत्कर्षमा पुगेको हो । संस्थाको मुख्य विवादित विषयको रुपमा रहेको आर्थिक पारदर्शिताको सवाल सहमतिले टुगंने संभावना नभएपछि सरकारी निकायसंग सहयोग माग्ने निर्णय गरिएको ट्रष्टी सदस्य सिपी पौडेलले जानकारी दिनुभयो । 

     आजको छलफलमा निर्णय गरिएका अन्य  प्रस्तावहरुमा गत अगस्ट ११ मा भएको ट्रष्टी भेलाले गठन गरेको संचालक समिति नै संस्थाको आधिकारिक समिति भएको र उक्त भेला पश्चात समितीको कुनै वैठक नबसेको जानकारी गराईएको छ । 

त्यसैगरि संस्थाको नियमित कार्यविधीमा उत्पन्न हुने समस्या समाधान गर्न समाजका सबै पक्षसंग सम्बाद र छलफल गर्न संस्थापक अध्यक्ष नविन दाहालको अध्यक्षतामा सात सदस्यिय समिति पनि चयन गरिएको छ । 

संस्थाको प्रमुख सरोकार र आम चासोको विषयलाई संम्बोधन गर्दै संस्थाको सामुदायिक भवन खरिद देखि आज सम्म भएका सम्पूर्ण आर्थिक गतिविधी, बैक खाता संचालन गरिएका तौर तरिकाका विषयमा छानविन गर्न आर्थिक समितिलाई जिम्मेवारी दिईएको छ । 

 पशुपतिनाथ मन्दिर बनाउन ग्रेटर अस्टिन क्षेत्रमा बस्ने आम नेपालीले संकलन गरेको दान र चन्दा, र संस्थागत सदस्यता शुल्कको जम्मा आम्दानी र खर्च पारदर्शी रुपामा सार्वजनिक नगरिएपछि र संस्थागत विधान मनोमानी ढंगले अर्थ लगाउदै हरेक निर्णय एकलौटी गरिएपछि संस्थामा विवाद उत्कर्षमा पुगेको हो ।

images
प्रकाशित मिति :भाद्र ३, २०८१ सोमवार - ०७:५३:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend