दाम्पत्यमा समझदारी, माया र ममता हुनु पर्छ
नारी र पुरुष माझ साझेदारी र समता हुनु पर्छ!
ज्वाइँ बिदेशी पिआरधारी भएर मात्र पुग्दैन रैछ
दम्पतीको सम्पत्तिसँगै मायाको कथा हुनुपर्छ!
सुत्केरी बुहारी सुसार्दा सासू पल्टिनु हुन्न कसैले
सासूले छोरी देख्न बुहारीको कति व्यथा हुनुपर्छ?
छोरी विदेश पठाई जिम्मेवारी सकिन्न माइतीको
छोरीको दुख सुख, गाह्रो साँघुरो पनि पता हुनुपर्छ!
छोरी पराई घरकी नासो? जिम्मेवारीबाट नभागौँ
नारी हिंसा हट्न छोरीको नाउँमा जायजेथा हुनुपर्छ!