Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युएईमा बितेका कृष्णको शव ल्याउन सहयोगको खांचो

युएईमा बितेका कृष्णको शव ल्याउन सहयोगको खांचो

नेप्लिज डायस्पोरा

१४, भाद्र २०८१
images
युएईमा बितेका कृष्णको शव ल्याउन सहयोगको खांचो

१४ भदौ, काठमाडौं । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव ल्याउन आर्थिक अभावका कारण समस्या भएको भन्दै आफन्त र साथीभाईले सहयोगको याचना गरेका छन्  

 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डे दुई वर्षअघि भिजिट भिसामा युएई गएका थिए । उनी गत भदौ ९ गते आबुधाबी शहरमा मृत फेला परेका थिए ।

 

युएईको प्रहरीले सडक छेउमा फेला परेको उनको शव आबुधाबीको अस्पतालमा बुझाएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन ।

 

अहिले विदेशबाट शव फिर्ता ल्याउन एक लाख रुपैयाँ आवश्यक परेको मृतकका दाइ नाता पर्ने शशिधर पाण्डे बताए । तर परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा जुटाउन समस्या भएको उनको भनाइ छ । 

 

‘परिवारको अवस्था नाजुक छ’, शशिधर भन्छन्, ‘०७२ सालको भूकम्पमा घर भत्किएपछि परिवार भारतमा मजदुरी गरेर बसिरहेको छ ।’ उनका अनुसार मृतक पाण्डेका बुबा–आमा र श्रीमती भारतमा छन् ।

 

मृतकका दाइ शशिधरका अनुसार शुरुमा शव फिर्ता ल्याउन दुई लाख हाराहारी लाग्ने भनिएको थियो । तर कृष्ण कार्यरत रेष्टुरेष्टले एक लाख रुपैयाँ सहयोग गरिदिने भएपछि बाँकी पैसा परिवारले व्यहोर्नुपर्ने भएको उनले बताए । ‘परिवारको अवस्था यति नाजुक छ कि, उहाँहरु नेपाल समेत आउन सक्ने अवस्था छैन’, उनले भने, ‘यस्तोमा एक लाख बुझाएर शव झिकाउनुपर्ने छ ।’

अहिले आफूहरु शव ल्याउन आर्थिक संकलन गर्न लागेको उनले बताए । यसका लागि उनले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

 

शव झिकाउन भनेर युएईस्थित नेपाली दूतावासलाई निवेदन दिइएको छ । शव झिकाउन आवश्यक पैसा जुटेमा आउने हप्ताभित्र शव नेपाल ल्याउने तयारी छ ।

 

श्रम स्वीकृति लिएर विदेश पुगेर मृत्यु भएका श्रमिकको हकमा सरकारले शव झिकाउनेदेखि मृतक परिवारलाई क्षतिपूर्ति समेत दिने गरेको छ । तर श्रम स्वीकृति विना भिजिट भिसामा विदेश गएर मृत्यु भएकाले कृष्णप्रसादको शव झिकाउन लाग्ने खर्च उनकै परिवारले ब्यहोर्नुपर्ने भएको छ ।

 

यस्तै मृतकको परिवारले सरकारबाट पाउने क्षतिपूर्ति समेत नपाउने भएको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - ०७:५८:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend