Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लोकभाकामै रमाए अस्टिनमा नेपाली

लोकभाकामै रमाए अस्टिनमा नेपाली

नेप्लिज डायस्पोरा

२५, भाद्र २०८१
images
लोकभाकामै रमाए अस्टिनमा नेपाली

नारायण भण्डारी 

अस्टिन / टेक्सास 

मार्मिक शब्दहरुका मनछुने भावना मिठो लयमा कर्णप्रिय आवाजका साथ गुन्जन थालेपछि हलमा उपस्थित सबैका कान र ऑखाहरु स्टेज तिरै सोझिए । परदेसिएकै भएपनि नेपाली मनले त्यो आबाजको भेउ पाईहाले ।

हातमा माइक्रोफोन बोकेर स्टेजमा चढदै गरेकी रचना रिमालले सुरु गरिन “मखमली फुल्दा मार्सी धान झुल्दा….नमुछे आमा दहिमा टिका नछरे जमरा...।"

वरिष्ठ लोक गायक, संगीतकार एवं संकलक नारायण रायमाझीको चर्चित यो गीतले नछुने कुनै नेपाली मुटु छैन होला । स्टेजमा यो गीत गाउदै रिमालले हलको चारतिर छरिएर बसेका सबै संगीत प्रेमीलाई स्टेजको मझेरी मै डाकिन र यस्तै मन छुने करिव एक दर्जन लोकप्रिय गीत गाईन । स्टेजलाई तडक भडकले उचाल्ने भन्दा पनि उनको प्रस्तुति शालीन रह्यो । सुरिलो स्वरमा दर्शक स्रोतालाई नचाउदै उनले फोटो फ्रेममा, मेरो प्रिति पहिले होकी, संझने पानी छम्कने , जस्ता मन छुने करिव एक दर्जन गीत गाईन । 

गोर्खा ग्रुपले आयोजना गरेको अब नाच्छ अस्टिन कार्यक्रममा प्रस्तुती दिन आईतबार टेक्सासको राजधानी अस्टिन आएका लोकप्रिय कलाकारहरु शान्ति श्री परियार, रचना रिमाल, करिश्मा ढकाल र ज्योति मगरले अस्टिनवासी नेपालीलाई रहर पुग्ने गरि नचाए । 

“गीत संगीतले देस संझाउदो रहेछ, भाषाले मनहरु जोडिरहदो रहेछ, आफ्नो देसका कलाकार संग रम्न पॉऊदा एकछिन भए दुख बिर्सायो, नेपालै पुगे जस्तो भयो” एक दर्शक स्रोताले आफ्नो अनुभव सुनाए । 

कार्यक्रममा प्रस्तुती दिन अर्की चर्चित लोकगायिका शान्ति श्री परियार स्टेजमा आएर गाउन सुरु गरेपछि स्रोता नहल्ली वस्नै सकेनन, कसैलाई नाच त भन्नै परेन, जानेका सुरमा नाचे, नजान्नेले सरिरै हल्लाएर भएपनि नाच्ने धोका पुर्याए ।  

उनले गाएका “वोल माया एक वचन बोल तिम्रै वोली छ मलाई अनमोल, लाउन्न दाजै पिरती, अरेली कॉडैले, लाहौर जाने रेलैमा, हिजो राती सपनीमा, गलवन्दी च्यातियो, नेपालीले औंधी रुचाएका गीत हुन । उनले संघर्ष गरेर अमेरिका आई वसेका नेपालीलाई साहानुभूति दिदै  दुख र सुखलाई समान रुपले लिनु पर्ने सुझाब पनि दिईन । नेपालीकै मायाले आफु याहॉ पाउन पाएको भन्दै उनले सबै दर्शक श्रोतालाई धन्यबाद दिईन । 

कलाकार करिश्मा ढकालले स्टेजमा नाचेर सबैलाई चकित पारिदिईन ।

कार्यक्रममा फुर्तिलो प्रस्तुति दिदै ज्योति मगरले  सबैलाई रसिक वनाईदिईन । जोशिला युवा जमातलाई उनको नाच्ने र गाउने शैलीले छुट्टै मज़ा दिन्छ । महफिल तताउन उनले गर्ने मेहनेत र जॉगरलाई रंग रमाईलो गर्ने गराउने रहरकै रुपमा लिनु पर्छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - १९:४२:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend