Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एक नाबालक -तारा पराजुली

एक नाबालक -तारा पराजुली

नेप्लिज डायस्पोरा

३०, भाद्र २०८१
images
एक नाबालक -तारा पराजुली

भरेर जीवनका रङ्गहरु 

यी कापीमा सादा पानामा

उसले रहर लेख्दैछ कि भोलि लेख्दैछ?

 

भरेर रङ्गीन मसीले सफेद कागजमा

ससाना औँलाहरु फूलजस्तै नचाएर

कुनै दिन प्रयोग हुने व्यवहार लेख्दैछ कि

केवल मार्कसिटको बोल्ड अङ्क लेख्दैछ?

या त गुरुआमाको मन पोल्ने गाली छल्न

 गुरुहरुको लाठी छल्न

त्रास र कहरको कक्षाकार्य गर्दैछ कि

आमाको ढिपी टार्न गृहकार्य गर्दैछ?

 

भर्खरै उदाउँदै गरेको एउटा नाबालक सूर्यजस्तै

उज्यालोको कथा आफैँ भाका हाल्न खोज्दैछ ऊ

उदाउँदै गरेको पूर्णिमाको रहस्यमय कदजस्तो

एक आकाश तारा बोकेर

उज्यालोको गीत गाउँदै गरेको जुन हो ऊ

रचनाकारहरुलाई मेरो अनुरोध-

कृपया उसलाई गलत रचनाहरु नदिनुहोला

संगीतकारहरुलाई मेरो अनुनय-

लयभङ्ग हुन नदिनू

उसको गायकीले माटोको झङ्कार टिपोस् 

लयले देशद्रोही दुश्मनहरुको मुटु हल्लियोस

कलिला प्रेमका शब्द शब्दले  लेखोस् 

खुम्चिएको सिमाना भत्काएर सग्लो देश लेखोस्

 

ओछ्याएए मसिना आँखाहरु सेतो कागजमा

पोखेर इन्द्रेणीका सातै रङ्हरु

एउटा नाबालक 

केवल किताबमात्र होइन ज्ञान् पढोस्  र

मसिना हातहरुले

आफूजस्तै चहकिलो उज्यालो भोलि लेखिरहोस् ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ०८:३४:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend