Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सन्देश ( लघुकथा )

सन्देश ( लघुकथा )

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८१
images
सन्देश ( लघुकथा )

सन्देश ( लघुकथा ) 

भान्साबाट खाद्य परिकारको बौताे लिएर कलीकुमारी आँगनमा निस्किइन्। निमको बोटमा काँ काँ गरिरहेको कागलाई हेर्दै भनिन् -"आ आ, ल ल ल।"

दहीले भरिएको लोटा हातमा झुण्डाएर घर जाँदै गरेकी छिमेकी सत्यवतीले कलीकुमारीलाई सोधिन्-"एकादशीको दिन पनि तिहार जस्तै कागलाई के दिइरहेकी ?"

कलीकुमारीले मुस्काउँदै भनिन्-"म त एकादशीको व्रत बस्न सकिन । अपशकुन प्राणीलाई खाना खुवाएर खाउँ कि भनेर खानेकुरा दिन आँटेकी ! काग नै आउँदैन।"  

सत्यवतीले कलीकुमारीलाई भनिन्-"व्रत बस्न नसकि नसकि बस्नु जरुरी छैन तर मन पवित्र र शान्त हुनुपर्थ्यो !"    

सत्यवतीको कुरा कलीकुमारीले सुन्दै सुनिनन् ।  भ्रमकाे तुवालोले कलीकुमारीको कान बुजिएका थिए। उनको ध्यान केवल  निमको वृक्षमा थियो। उनी एकोहोरो  खुवाएर खाने धाउन्नमा कागलाई बोलाईरहेकी थिइन्-"ए काैवा,आइज न आ,आ, खा, खा !"

निमको बोटमा काँ काँ गरिरहेको कागले ठाेँड दायाँबायाँ गराउँदै भनिरहेको थियो-"आज भोलिका मानिसका खाद्य परिकार खानयोग्य छैनन्। त्यसैले अव म व्रत बस्छु।"  कागको सन्देश सत्यवतीले अनुभूति गरिन्। कलीकुमारीले भाव भाष्य केही बुझिनन् । उनी रिसाएर फन्कँदै कागलाई धारेहात लगाउँदै भनिन्-" खान आ भन्दा पनि मान खोजेर बसिराख्ने मरिजा!"  

काग मर्नुकाे साटो भुर्र उडेर गयो । कलीकुमारी गनगन गर्दै भान्सा प्रवेश गरिन्। सत्यवतीले काग उड्दा बनेकाे आकाशीय गाेरेटाेमा नियालिरहिन । सायद...!

 

- गाेपीराम भण्डारी 

सिन्धुपाल्चोक।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २१:४०:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend