लक्ष्मण देवकोटा, जेनेभा
२९ सेप्टेम्बर
स्विटजरल्याण्डको लौजान शहरमा बस्ने समाजसेवी हरि बस्नेतको मस्तिष्क पक्षघातको कारण निधन भएको छ।
सबैको दुखसुखमा साथ सहयोग दिने बस्नेत २८ सेप्टेम्बरको दिन स्थानीय रिभनोभ फाउन्डेसनमा बित्नुभएको हो। गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको उपाध्यक्ष रहेर सामाजिक काम गरिसक्नु भएका ५४ बर्षिय बस्नेत दुइटी छोरी, एउटा छोरा र श्रीमती सहित लामो समयदेखि लौजानमा बस्दै आउनु भएको थियो।
सेप्टेम्बर ३० सोमबारको दिन लौजानको च्यापेल सान्तरोसमा मध्यान्हबाट उहाँको अन्त्यस्टी शुरु हुने लौजानबाट सरोजराज घिमिरेले बताउनुभयो।