Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

स्विटजरल्याण्डमा बडादशैंको शुभकामना आदानप्रदान

स्विटजरल्याण्डमा बडादशैंको शुभकामना आदानप्रदान

नेप्लिज डायस्पोरा

१९, आश्विन २०८१
images
स्विटजरल्याण्डमा बडादशैंको शुभकामना आदानप्रदान

नेप्लिज डायस्पोरा सम्वाददाता,

जेनेभा, ४ अक्टोबर 

 

नेपाली दूतावास स्विटजरल्याण्डको आयोजनामा बडादशैं २०८१को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

राजदूत निवास जेनेभामा स्वीसका बिभिन्न शहरबाट शुभकामना साटासाट गर्न भेला भएका नेपालीहरुलाई स्वागत गर्दै राजदूत राम प्रसाद सुबेदीले भन्नुभयो, "हामी नेपालीहरुको महान चाड विजया दशमीले सबै नेपालीहरुको घरमा सुख, शान्ति र सम्वृद्धि छाओस् भनी नवदुर्गा भवानी मातासंग प्रार्थना गर्दछु।" 

IMG_0790.jpeg

नेप्लीज डायस्पोराका सम्बाददातासंग बोल्दै न्यूसातेल शहरबाट आएका गायक एवं ब्यबसायी गोविन्दध्रुव तिवारीले बडादशैंको अवसरमा नेपाली दूतावासले यसरी सम्झेर बोलाएकोमा आफूलाई एकदम खुशी लागेको बताउनुभयो। "मलाई त नेपालै पुगेको महसुस भयो।" उहां खुशी हुनुभयो । 

जेनेभा बस्ने केशरी आमोस लामाले भन्नुभयो, "विदेशमा बस्ने नेपालीहरुलाई चाडवाडमा नेपाल सम्झेर नियास्रो लाग्छ, यस्तो बेलामा दूतावासले माया गरेर बोलाउँदा देशले माया गरेको महसुस हुन्छ। निम्ता गर्ने राजदूत सुबेदीलाई धन्यवाद।"

images
प्रकाशित मिति :आश्विन १९, २०८१ शनिवार - २२:४५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend