पाल्पा, असौज २२, २०८१– अमेरिकामा रहेका नेपाली लेखक, साहित्यकार र साहित्यप्रेमीहरूको लागि विशेष कार्यक्रम "पुस्तक लोकार्पण समारोह" शनिबार अपरान्ह २ बजे पेन्सिलभेनियाको ह्यारिस्वर्ग शहरमा आयोजना गरिएको छ । यो कार्यक्रम अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजना गरिएको हो, जसमा नेपाली साहित्यको संरक्षण, प्रबर्द्धन, र समृद्धिमा समर्पित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
दिपकजङ्ग बिश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि कवियत्री तथा लेखक सीता पाण्डे उपस्थित हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा डी० सी० नेपालका प्रधान सम्पादक चूडामणी भट्टराई, पेन्सिलभेनिया नेपाली समाजकी प्रमुख अर्चना शर्मा, भुटानी समाज ह्यासिस्वर्गका पूर्व अध्यक्ष विनय लुईटेल, हिन्दु धर्म तथा सांस्कृतिक संगठनका अध्यक्ष प्रेम खनाल, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलो, विश्व भुटानी साहित्य संगठनका उपाध्यक्ष आभाष रिखाम मगर र महासचिव पातलो अन्तरे, क्रियामण फाउण्डेशनका (सिइओ) भरत तिम्सिना, (एनआरएनए) पेन्सिलभेनियाका उपाध्यक्ष अभिषेक थापा लगायत अन्य साहित्यकारहरूको समेत समुपस्थिति रहेको थियो। उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नवीन शर्मा भट्टराइले गर्नु भएको थियो भने कार्यक्रम संयोजन भरत के० श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणहरूमा लघुकथा गानका साथमा पुस्तक लोकार्पण, लघुकथा वाचन, शुभकामना मन्तव्य, कविता तथा गजल वाचन र सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको थियो । कार्यक्रममा अ० ने० सा० स० केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्रा० डा० भीम खतिवडाको रेकर्डिङ शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो ।
लेखक अतिथि अथवा विमोचित कृतिका कृतिकार श्रीप्रसाद पोखरेलको विचार, भक्त घिमिरे र विष्णु लुईटेलको पुस्तक समीक्षा तथा विशेष अतिथिहरूबाट शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो । श्रीधर लघुकथा सङ्ग्रहबाट बसुधा रिजाल, भरत तिमल्सिना, पातलो अन्तरे, बिष्णु निरौला, तारा पराजुली (बेलबारी न पा पूर्व उपमेयर)ले लघुकथा वाचन गर्नुभयो भने आभार रिखाम मगर, अर्चना शर्मा, डि.बी. सारूले लेखकलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
पुस्तक माथी संरचनाको दृष्टिकोणबाट "श्रीधर" लघुकथा सङ्ग्रहलाई भक्त घिमिरे र बिष्णु लुईटेलले समीक्षा गर्नुभयो ।
कार्यक्रममा शुभकामना सन्देश
त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब बैरागी माइलो, विश्व भुटानी साहित्य सङ्गठनका उपाध्यक्ष आभाष रिखाम मगर, हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष प्रेम खनाल, भुटानी समाज ह्यारिस्वर्गका अध्यक्ष तिलक निरौला, पेन्सलभेनिया नेपाली समाज अध्यक्ष अर्चना शर्मा, ले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्रा डा भीम खतिवडा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले पठाउनु भएको भिडिओ रेकर्डिङ शुभकामना कार्यक्रममा सुनाइएको थियो ।

साहित्य र सांस्कृतिक गतिविधिहरूको उत्कृष्ट संयोजन भएको सो समारोहको औपचारिक समापन अध्यक्ष दिपकजंग विश्वकर्माले गर्नु भएको थियो ।