Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

मञ्जुश्री साहित्यिक समाजको ७४ औं प्रविधीमैत्री कवि गोष्ठी सम्पन्न ।

मञ्जुश्री साहित्यिक समाजको ७४ औं प्रविधीमैत्री कवि गोष्ठी सम्पन्न ।

नेप्लिज डायस्पोरा

२३, आश्विन २०८१
images

 

पाल्पा, असौज २० गते ।

    

   मञ्जुश्री साहित्यिक समाजको आयोजनामा ७४ औं प्रविधिमैत्री कविगोष्ठी डा. बमबहादुर थापा जितालीको सभापतित्व तथा गङ्गा लिगलको प्रमुख आतिथ्यमा २०८१ असोज २० गते सम्पन्न भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औं जन्मजयन्ती विशेष उक्त गोष्ठीमा विशिष्ट अतिथि कवि टेकबहादुर लौडारी, हरिप्रसाद घिमिरे, सूर्यकुमार पण्डित समेतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीरबहादुर लोहोनीले गर्नुभएको थियो ।

टेकबहादुर लौडारीको स्वागत गायनबाट शुभारम्भ भएको उक्त गोष्ठीमा सबै स्रष्टाहरूले विभिन्न लय, छन्द र भावनात्मक कविता प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गङ्गा लिगलले आफ्नो सिर्जना वचनका साथै राष्ट्रकवि घिमिरेको योगदानबारे तथा सभापति जितालीले घिमिरेको योगदानको चर्चासँगै उहाँकै "कलमवीर" कविता वाचन गर्दै गोष्ठीमा सहभागी सबैलाई धन्यवाद ज्ञापनका साथ गोष्ठी विसर्जन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १९:५३:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend