Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नव दुर्गा स्तुति -प्रियरंजन दाहाल

नव दुर्गा स्तुति -प्रियरंजन दाहाल

नेप्लिज डायस्पोरा

२४, आश्विन २०८१
images
नव दुर्गा स्तुति  -प्रियरंजन दाहाल

 

आजकाल नास्तिकहरु ,इश्वर र आस्था पढाउंछन्

सुखी गृहस्थको गुह्य, ढोंगी सन्यासी सुनाउंछन् 

गोमनहरुले ,आफुसँग  अमृत छ भन्न थालेपछि

 श्रध्देय देवीहरुले ,स्कन्दमाता बनेर सम्झाउंछन्  ||

 

ब्यवहार चंडमुंडको जस्तो भएर गन्हाउन थालेपछी

तिनकै संहार गर्न ,देवीहरु कालरात्रि रुप देखाउंछन् ||

 

चोरले अघी सरेर ,नैतिकता सिकाउन थालेपछि

खड्ग,खोपडी लिएर देवीहरु ,कात्यायनी रुपमा आउंछन् ||

 

मान्छे जंग बहादुर बनेर, कोतपर्व गर्न थालेपछि

महागौरीहरु प्रायस्चितमा, काल मोचन बनाउन लगाउंछन् ||

 

सृष्टीपछी बिनासको चक्र, स्वाभाविक घुम्न थालेपछि

कूष्माण्डाहरु आफ्नो मुस्कानले पुन: नयाँ सृष्टी गराउंछन् 

 

धर्मयुद्धमा चन्द्रघण्टा , सधै साथ हुन थालेपछि

ब्रह्मचारिणीहरु, मानसिक शान्ती दिंदै रमाउंछन्  ||

 

 उनकै अनुकम्पा ,दृष्टिमा,  सबथोक हुन थालेपछी 

शैलपुत्री,सिद्धी दातृहरु सबमा सत्कृपा पुर्याउंछन ||

images
प्रकाशित मिति :आश्विन २४, २०८१ बिहिवार - ०७:२५:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend