मंगलवार, श्रावण २६ गते २०८३ | 2026 August 11
मलाई मान्छे रहन देऊ,
देउता नबनाउ
साथैमा राख
छुट्टै राखेर एउटा नबनाउ
मेरो आफ्नै अस्तित्व छ
मलाई मेरै नेता बन्न देऊ
राजा बनेर आफू
मलाई रजौटा नबनाउ
मलाई मान्छे रहन देउ
देउता नबनाउ ।
Copyright © 2026 All right reserved to Nepalses Diaspora Site By: SobizTrend