‘अभय अत्यन्त मिलनसार र सबैको सहृदयी साथी । उसको जति प्रशंसा गरे पनि पुुग्दैन । ईश्वरलाई पनि असल मानिसको खाँचो पर्ने रहेछ । म निःशब्द छु, उसको वैकुण्ठवास होस्’ । जीवनले आफ्नो ब्याचमेट अभयलाई मुक्तकण्ठले श्रद्धाञ्जलि पोस्ट ग¥यो ।
अभय मनमनै दङ्ग पर्छ, ‘जीवनले मलाई कति माया गर्दोरहेछ । जागिरको क्रममा त्यस्तो कहिल्यै देखेको थिइनँ, बरु उछनापछिनको प्रतिस्पर्धामा पो देखिन्थ्यो । मेरो काममा सधैँ भाँजो हालेको देखिन्थ्यो । मन कति उदात्त रहेछ । मन उदारेर हेर्न सकिने होइन, सधैँभरि मन देखिने पनि होइन । नबताएका कुरा एकैचोटी बताइदियो विचराले’ ।
आफ्ना ब्याचमेट भनेपछि अभय भुत्तुक्कै हुन्थ्यो । जागिरका ब्याच हुन कि, पढाइका ब्याच सबै क्षेत्रमा आफ्नै ब्याचका साथी अघि भैदिए हुन्थ्यो भन्ने सोच्थ्यो । चाहना मात्र होइन, सहयोग पनि गथ्र्यो, शुुभकामना पनि दिन्थ्यो । शुुभकामना र शुुभेच्छाले नै उसले साथी सङ्गातिकोमनजित्दै आएको थियो । माया, भावना, सहयोगले सबैलाई जितेको थियो अभयले । मन जित्ने सम्पत्ति त उससंँग कहाँ थियो र ?सधैँजसो अभावमा बाँचेको तर पनि खुसी ।
‘जन्मेपछि कसले जानुपर्दैन र ? तर अभयजस्तो साथी गुमाउनुपरेकोमा संसारै निस्पट्ट अँध्यारो लागिरहेछ । वैकुण्ठवास होस् अभय । अलबिदा ।’ रोहितको श्रद्धाञ्जलि पोस्ट भरिएका शब्द पनि कम्ता ओजिला थिएनन् ।
‘के रोहित साँच्चै मलाई यति माया गर्छ ? के कसैको मृत्युले अरूको जीवनलाई त्यति खल्लो बनाउँछ ? मैले सहयोग गर्दा पनि झर्केरै हिँडेको थियो । फन्केर हिँडेको थियो, धन्यवादसम्म भनेको थिएन । होइन, यो मेरो अनुुभूूति हो । कसैको माया देखाउने स्वभाव हुँदैन, कोही भित्रभित्रै माया गर्छन्, अन्तर्मुखी हुन्छन् । स्वभावले मानिसलाई अर्कोबाट अलग्याएको छ । मैले चाहिँ त्यो बुुझ्न सकिन छु । जेजसरीश्रद्धाका शब्द व्यक्त गरेको छ्, ती मेरा लागि अन्तिम अभिव्यक्ति । अन्तिम अभिव्यक्ति, जसको न म प्रतिक्रिया दिनसक्छु, न चाहेर त्यसलाई सचेत बोध नै गर्नसक्छु । रोहितलगायतसबै साथीहरूबाट व्यक्त भावना पवित्र छन्, निःस्वार्थ छन्, निष्काम छन् ।’
कसैका लागि अन्तिम शब्द दिंँदा मानिस निकै खुला र उदार हुन्छ, आफ्ना मनमा कलुषित भावना थिए भनेपनि त्यसको प्रायश्चित्त गर्छ । श्रद्धाञ्जलि शुुभकामना जसरी साँघुरो मनबाट लेखिँदैन रहेछ । शुुभकामना आफ्ना सापेक्ष्य, आफ्ना उपलब्धिका सापेक्ष्यमा हेरिन्छ क्यार ! तश्रद्धाञ्जलिमा त्यस व्यक्तिको उपस्थिति कहिल्यै नुहुने पृष्ठमा दिइने भएकोले होला मनलाई पूरै उघारेर दिइन्छ । शायद मृत्यु सबैको साझा शत्रु भएकोले पनि एकपटक व्यक्ति आफैलाई भुलेश्रद्धाञ्जलि गर्दछ ।
छिमेक बस्तीका विन्दास साथीहरू हृदय नै छैनजस्ता मोजमजाकमा रमिन्थे । प्यारो साथीको बिछोडमा गीताका श्लोक, लेखनाथको कालमहिमाका छन्दलहरी छानीछानी श्रद्धाञ्जलिमा शब्दहरू सरर…र्र पस्केका ! ‘हृदय नभएका पनि मानिस हुन्छन् र ? विचराहरू देखाउन मात्र नजानेका’ १
टोल सुधार समितिका साथीहरूले त आफ्नापट्टि मात्र बाटो र ढल लगेर चित्त दुुखाएका थिए । चन्दा भने हामी सबैबाट उठाए तर निर्माण चाहिँ आप्mनोतिरमात्र । आफूूहरूले अभयको मन किन दुखाएका हौला भनेर पनि होला श्रद्धाञ्जलिका शब्दसागर वर्षाएका छन् । कठै यो लोभ र लालसाले पनि जीवनमा मानिसलाई कति साँघुरो बनाएको रहेछ ? माया, श्रद्धा र आदरका उदार शब्द कसैको निधनमा मात्र सीमित हुन्छन् कि मानिसले सधैँका लागि दुुःखबोध गर्छ र फराकिलो बन्छ ? मनोवैज्ञानिक तुुष्टि र साथी, छिमेकी र आफन्तको निधनमा मात्र मानिस भावनामा बग्छ, वास्तविकतामा पोखिन्छ र आदर्श बन्छ । केही दिनपछि फेरि उस्तै सामान्य लयमा फर्किन्छ । मृत्युको सन्देशले क्षणिक चेतनाबोध त गर्छ तर त्यो स्थायी कहिले पो देखिएको छ र ? के मृत्युदेखि पनि मानिस डराउँदैन ?
भवजी विदेश जान मरिहत्ते गर्दा पनि मभन्दा उहाँसँग मिल्ने साथीले ढिउन दिनुभएन, तँलाई लान्न भनेर मन दुख्नेगरी जबाफ दिनुभएछ । उहाँको अकस्मात् निधन हुँदा त्यही साथीले कति भावुक भएर श्रद्धाञ्जलि दिनुभएको । ती शब्दबोध भवजीले गर्न पाउनुभएको भए कस्तो अनुुभूति गर्नुहुन्थ्यो होला ?
अभयले जागिर खुवाएर दशांै व्यक्तिलाई उद्धार गरेको थियो, तर कहिले पनि धन्यवादका शब्द पनि पाएको थिएन । धन्यवाद पनि अपेक्षा गर्ने कुरा थियो र ? होइन, सहयोगी मनलाई प्रोत्साहन गर्न पनि त धन्यवादका शब्द दिनुपर्दैन थ्यो ? भुवनले कति लामो स्ट्याटस लेखेछन् – ‘त्यस्तो मिलनसार अभिभावक गुमाउँदाको पीडा पोख्ने शब्द पनि छैन, सामथ्र्य पनि छैन । सबैको भलो चाहने महान् मानिसलाई ईश्वरले आफूमा समाहित गरून् ।’
अभयले बाटो देखाएर नै दर्जनौँ महिलाहरू चुलोचौघेराबाट राष्ट्रको उच्च जिम्मेवारीमा पुुगिसकेका छन् । गृहिणीहरूउच्च ओहोदाको भूमिकामा समाज रूपान्तरणलाई मनग्गे योगदान पुु¥याएकोमा अभय कम्ती खुसी छैन । शब्दले आकार नपाए पनि मनले कति आशीर्वाद दिन्थ्यो होला । अहिले त शब्दका श्रद्धाहरूउन्मुक्त रूपमा पोखिएका छन् ।
जिउँदोमा धन्यवाद नभनेर के भयो ? कुभलो कसैको चिताएन । ‘सके सपारौं न सके नबिगारौं’ को आदर्श भावना अभयको जीवनदर्शन थियो । उसलाई थाहा थियो, कसैले कसैको हानि गरेको छ भने उसको मनले राख्ने भावनाले कुभलो गर्नेलाई ढिलो चाँडो प्रगतिको मार्ग अवरुद्ध गरिहाल्छ मानिस अरूलाई नराम्रो गर्न जन्मेको नै होइन । नकारात्मक भावनाको प्रसारले नकारात्मकताको उत्पादन गुणत्तर गर्छ । अरूलाई राम्रो भावना राख्ने, राम्रो गर्नेलाई अरूका अव्यक्त मनले सँधैँ शुुभेच्छा दिइरहेका हुन्छन्, आत्मबल त्यत्तिकै बढेको हुन्छ । मनकारी आत्महरूले नै संसार सिर्जना गरेका हुन् ।
अभयले काम लगाउँदा पनि बहानामा कुरा काट्नेहरू पनि जीवनको इहलीला पूरा गरेका हाकिमको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रशंसा पाउन पनि मृत्युनै वरण गर्नुपर्ने ? चेत अवस्थामा प्रतिक्रिया पाउने हक अभयको छैन ? मरेपछिका प्रशंसाका वर्षाले के अर्थ ?
अभयका कुराहरूलाई सधैँउपेक्षा गर्ने, नसुने जसरी बेवास्ता गर्ने विनयले पनि भावविह्वल भएर शब्द–श्रद्धाञ्जलि पोस्ट गरेछ । मानिस अरूको भनाइलाई किन बेवास्ता गर्छ ? झन् साथीले नै किन त्यसो गरेको होला ? अभय एक्लै भावुक भएको थियो । नामजस्तो विनय विनयी थिएन ।
‘विनयको मन कति सफा छ । उसका मनका कुरा पनि मलाई बताउन पाएनछ । अब कहिले सँगै बसेर भलाकुसारी गर्ने होला ?’
मानिसहरू कर्मको व्यस्तताले पनि अरूलाई राम्रो भन्ने समय पाउँदैनन् । नराम्रो भन्ने समयचाहिँ किन पर्याप्त हुन्छ त ? के नराम्रो भन्दा राम्रो कुराको प्रकाश हुनुुपर्ने होइन ? जसले जे जसरी सम्झिऊन् मानिस अरूको अवनतिमा दया गर्छ तर सफलतामा चाहिँ ईष्र्या । मानिस अरूको प्रशंसाले आफू होचो हुने मनोविज्ञानबाट ग्रसित छ । थोरै अपवादले समाज यहाँसम्म आइपुुगेको, मानवसभ्यता बनेको हो ।
जीवनलीला विसर्जन भएको मैले चाहिँ यस्ता फाल्तु कुरा किन सम्झेको नि ?अरूलाई सहयोग गर्न, भलो गर्न कसले बाध्य गरेको थियो र ?त्यसको क्षतिपूर्ति खोज्नुु, असल शब्दको अपेक्षा गर्नु पनि नैतिक अपराधजस्तै होइन र ? यी भावना ममा किन आएका ?’
लोचन त टुहुरो सुकुम्बासी बच्चा । अभयको माया र वात्सल्यले पढाइ, जागिर, पद र परिवार सबै जुरेको छ । अभयको सहयोगभन्दा पनि लोचनको भाग्य थियो । उसको भाग्य नहुँदो हो त अभयमा मनकारी भावना नै आउँदैनथ्यो होला । अभय जिउँदो रहेसम्म लोचनले कुुनै शब्द व्यक्त गरेको थिएन । आज त लामो स्ट्याटस राखेछ–‘मेरा आमाबुवा नभए पनि आमाको वात्सल्य र बुुवाको अभिभावकत्वसहित मलाई जीवन दिने महान् आत्मालाई यस दुःखद् घडीमा शब्दका एक अँजुली श्रद्धाञ्जलि । सधँै मनभरि सजाउनेछु, जीवनभरि तस्वीर पूजा गर्नेछु ।’
‘हो लोचनले शब्दमा कहिले केही भनेन तर मनभरि यति धेरै आस्था र सम्मान राखेको रहेछ । सहयोग गरेको कुरा सधैँउड्िकने कुरा हो र ? सहयोगी मन र मनकारी हातहरूअरूलाई गरेको सहयोग उड्केर सहयोगको अपमान गर्न पनि चाहँदैनन्’ ।
अभय मनमनै दङ्गदास छ । सधैँभरि सबैको रिस, आरिस र डाढ गर्ने मोहन पनि कति दुःखी भएछ उसको निधनमा । धेरैले आप्mनै मन पखाल्ने अवसर पनि पाएका हुँदैनन् ।
‘मैले चिन्न सकिन होला । काममा मात्र गोरु झैँएकोहोरो दाइँमा रहनेले अरूको मन कसरी बुुझ्न सक्छ ?बुुझाइको फासलाले पनि वास्तविकता बोध गर्न सकिएनछ । आफैले पश्चात्ताप गर्नुबाहेक के विकल्प ? रोहणको श्रद्धाञ्जलिको कति प्रशंसा गर्नु ? असल मानिस आफै जलेर पनि उजेल्याउँदै आफै असमयमा ध्याप्प निभ्यो । हे ईश्वर ! निकै निष्ठुर रहेछस् ।
यसमाथि कमेन्ट, लाइक गर्नेको सङ्ख्या त सैयौं, कति त नाम नसुनेका नचिनेका पनि । दिवङ्गतलाई श्रद्धासुमन अर्पण गर्न मानवताको काम हो । जीवनमा जेजस्ता उतारचढाव, सम्बन्धको ओरालीउकाली भएपनि दिवङ्गतपछि आफ्नै दुुर्भावनाको क्षतिपूर्ति र पश्चात्तापका लागि पनि मानिस श्रद्धाञ्जलिमा निकै उदार देखिँदा रहेछन् ।
के जीवनकालका शुुभकामनाजस्तै दिवङ्गतका श्रद्धाञ्जलि पनि फोगट औपचारिक हुन् ? महत्त्वाकाङ्क्षा र स्वार्थको रस्साकस्सीमा बेपर्वाह राजनैतिक दलका कार्यकर्ता पनि शब्द श्रद्धाञ्जलिमा उदार देखिए । पत्रकार साथीहरूले मेडियाफ्रेन्डली लामो माला नै उन्न भ्याएछन् ।
अभय आफू सबैको प्रिय भएकोमा दङ्गदास छ । जीवनकालमा सङ्घर्षका कारण पनि, व्यस्तताका कारण पनि वा अरू यस्तै कारणले न्याय गर्न नसकेका थिए होलान् । दुःख पर्दा त हो मानिसले सहानुुभूूतिका शब्द खर्चिने ।
प्रगति र सफलतामा भित्रभित्रै मुुर्मिरिएर, मन बाँधेर मुखबाट शुुभकामना भन्नेहरू पनि अभयको मृत्युमा मृत्युलाई बेस्सरी गाली गरिरहेका छन् ।
सबैबाट माया र सहानुुभूति पाएको भाग्यमानी अभय फेरि मत्र्यलोकमा केही दिनका लागि भएपनि बाँच्न चाहन्छ । यति धेरैको मायाले बाँच्ने लालसामा रहेको अभय धिक्कार्छ –अकालमा किन मर्नुपरेको ? यति धेरै श्रद्धासुमन भन्नेहरूसँग केही समय खुसीका अनुभूति साट्न पाए पनि त हुने नि ?
यति धेरै माया गर्ने संसार छाडेर जडचेतमा कसरी पुुग्ने ?
अभय निद्राबाट झल्याँस्स हुन्छ ।
-गोपी मैनाली