Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

ईजरायल र हेजबुल्लाहबीच युद्धविराम, दशौं हजार मानिस घर फर्किदै

ईजरायल र हेजबुल्लाहबीच युद्धविराम, दशौं हजार मानिस घर फर्किदै

नेप्लिज डायस्पोरा

१२, मंसिर २०८१
images
ईजरायल र हेजबुल्लाहबीच युद्धविराम, दशौं हजार मानिस घर फर्किदै

ईजरायल र लेबनानका हिजबुल्लाह युद्धविराम शुरु भएको छ । जसले एक वर्षभन्दा बढी चलेको निरन्तरको सीमापार हमलाहरू र हजारौंको ज्यान लिएको पूर्ण स्तरको युद्धको अन्त्य ल्याएको छ।

 

सम्झौतामा ६० दिनका लागि दुबै पक्षले हमला नगर्ने  उल्लेख छ । जसलाई मध्यस्थकर्ताहरुले “स्थायी युद्धविरामको जग” भनेका छन्। त्यस समयमा, हिजबुल्लाह लडाकुहरूलाई इजरायल सीमाबाट ४० किलोमिटर (२५ माइल) पछि हट्न भनिएको छ र इजरायली भूमि सेना लेबनानी क्षेत्रबाट फिर्ता हुनुपर्छ भनिएको छ।

 

युद्ध क्षेत्रबाट विस्थापित भएका लेबनानी बासिन्दाहरुलाई इजरायली सेना र लेबनानको सेनाले तुरुन्तै नफर्कन चेतावनी दिएका छन  । तर मानिसहरु आफ्ना घर फर्किरहेका छन् । यसरी घर फर्किनेहरुको ताती लागेको छ । सम्झौताको खबर पाएपछि दशौं हजार मानिस घर फर्किईरहेको विभिन्न संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

 

इजरायली सेनाले सम्झौता हुनुभन्दा केही घण्टा अघि  बेरुतको दक्षिणी उपनगरहरूमा २ मिनेट भित्रमा लगातार २० पटक बमबारी गरेको थियो । युद्ध सुरु भएदेखि नै सबैभन्दा तीव्र बमबारी मध्ये एक यो एक घटना हो। लेबनानमा इजरायली हमलामा मङ्गलबार मात्र कम्तिमा २५ जनाको ज्यान गएको थियो जसमा मध्य बेरुतमा कम्तीमा १० जना थिए।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १६:३५:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend