Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अनुपम सिर्जना प्रतिष्ठान नेपालको १४२ औं कविगोष्ठी सम्पन्न ।

अनुपम सिर्जना प्रतिष्ठान नेपालको १४२ औं कविगोष्ठी सम्पन्न ।

नेप्लिज डायस्पोरा

१५, मंसिर २०८१
images
अनुपम सिर्जना प्रतिष्ठान नेपालको १४२ औं कविगोष्ठी सम्पन्न ।

     पाल्पा,  ०८१ मङ्सिर १५ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको १४२ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, विशिष्ट अतिथि पुरुषोत्तम सिग्देल, गणेश आत्रेय एवं गोविन्दप्रसाद घिमिरे 'वेदमणि' ज्यूको गरिमामय उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो । 

काठमाण्डौ उपत्यकाको पश्चिम भेगमा अवस्थित साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली आदिको स्वच्छन्द, रोचक र मनमोहक ढङ्गबाट कविहरूले वाचन गरे । वाचित सिर्जनाहरू देशभक्ति भावले भरिएका, जनचेतनामूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका थिए ।

उक्त अवसरमा रचना वाचन गर्ने कविहरूमा भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, गोविन्दप्रसाद घिमिरे वेदमणि , गङ्गा लिगल, सुशीलकुमार रिजाल, दुर्गाप्रसाद सिग्देल, जगदीश्वर पोखरेल, गङ्गा भण्डारी, द्वारिका कुइँकेल, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, सुधा बाँस्कोटा ढकाल, शशी रिमाल, राम के. सी., वासुदेव ठकुरी, टेकबहादुर लौडारी, दुर्गा रिमाल अधिकारी, चन्द्रा न्यौपाने, गोमविक्रम र तुलसीप्रसाद भट्टराईं हुनुहुन्थ्यो । 

प्रमुख आमन्त्रित एवं समीक्षक डा. बमबहादुर थापा जितालीलेअनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । साथै छन्दको संरक्षण गर्दै समसामयिक अत्यन्त मीठा सिर्जना श्रवण गर्न पाउँदा सर्जक मुग्ध भए भन्नुभयो । त्यसै गरी अभ्यास जति गर्न सक्यो उति सिर्जना माझिँदै जान्छन् भन्दै प्रविधिमैत्री कविगोष्ठीको निरन्तरताको प्रशंसा गर्नु भयो । वाचित  कविताहरूको संक्षिप्त र सुललित ढङ्गले समीक्षा समेत गर्नु भएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको बारेमा मन्तव्य राख्नु भयो र स्वागत गर्नु भयो । 

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले छन्द अभ्यास गर्ने कविले लय र तालमा रचना गर्न सिक्नुपर्दछ । कविता टेडो हुनु पर्दछ । कविता पढेर पाठक झस्किनुपर्दछ भन्नुभयो । उहाँले छन्द सवा दुई करोड छन् भन्दै कार्यक्रममा वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो ।

कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनुपर्छ भन्नुभयो ।

नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नुहुँदै गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिँदै गोष्ठी समापन गर्नु भएको थियो ।

महासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - २०:१९:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend