Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अलिकति सम्झना! आर. बी. निश्चल

अलिकति सम्झना! आर. बी. निश्चल

नेप्लिज डायस्पोरा

१७, मंसिर २०८१
images
अलिकति सम्झना!  आर. बी. निश्चल

 

रित्तो हात

रित्तो दिमाग 

एक्लै आएको म

रित्तै एक्लै जान चाहन्छु

बरु मिल्छ भने 

अलिकति सम्झना यहाँ  छोडेर जान चाहन्छु 

अलिकति सम्झना आफैसँग लैजान चाहन्छु

 

मान्छेहरूलाई 

अलिकति सम्झना छोडेर जाउँ भनेको

कोही पनि मान्दैनन् राख्न कसैको सम्झना

भन्छन्: हामी पनि सधैं कहाँ रहन्छौँ र यहाँ?

 कुरो ठिकै हो!

 

बिर्सने रोग छ  मान्छेको

बिर्सने रोग हुनसक्छ अस्त्तिवकै पनि

तै पनि, अलिकति मीठा  सम्झना 

छोडेर जान चाहन्छु अस्तित्व स्वयमलाई

 

लैजान मिल्छ/ मिल्दैन केही थाहा छैन

लैजान सक्छु/ सक्तिनँ त्यो पनि केही थाहा छैन

मरेपछि के हुन्छु? कहाँ जान्छु? केही भन्न सक्तिनँ

र पनि, लिएर जान चाहन्छु अलिकति सम्झना !

images
प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - २०:४४:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend