Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

इरानमा हिजाब नलगाई युट्युबमा प्रस्तुति दिएपछि एक गायिका पक्राउ

इरानमा हिजाब नलगाई युट्युबमा प्रस्तुति दिएपछि एक गायिका पक्राउ

images
इरानमा हिजाब नलगाई युट्युबमा प्रस्तुति दिएपछि एक गायिका पक्राउ

हिजाब नलगाई युट्युबमा प्रस्तुति दिएपछि इरानमा एक गायिका पक्राउ परेकी छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले हिजाब सम्बन्धी कानून बनाए भएपछि उनलाई पक्राउ गरिएको हो।

 

अधिकार समूहहरूले आलोचना गरेको इरानी संसदले महिलाको विनम्रतासम्बन्धी नयाँ, कडा कानुन पारित गरे पनि युट्युबमा हिजाब नलगाई गीत गाएको श्रब्यदृश्य (भिडियो ) प्रकाशित गरेपछि इरानमा एक महिलालाई पक्राउ गरिएको एनबिसीन्यूजले जनाएको छ ।

 

गायिका परस्तु अहमदीले बुधवार आफ्नो सांगीतिक प्रदर्शनको २७ मिनेट लामो श्रब्यदृश्य (भिडियो ) प्रकाशित गरेकी थिइन् । जसमा उनले चार पुरुष संगीतकारहरूको साथमा कपाल तल राखेर बिना बाहुलाको लुगा (स्लिभलेस )पोशाकमा गाइन्। उनले यसलाई “काल्पनिक संगीत समारोह ” को रूपमा संज्ञा दिईन ।


IMG_2606.jpeg

उनले दर्शकहरूलाई इरानमा “यो सुन्दर मातृभूमिको कल्पना गर्न” आमन्त्रित गरिन । प्रदर्शनलाई काराभान्सेराईमा छायांकन थियो ।

“म परस्तु हुँ, एउटी युवती जो मैले मन पराउने मानिसहरूका लागि गाउन चाहन्छु,” शिर्षकमा भनिएको छ।

 

इरानी वकिल मिलाद पनाहीपुरले एसोसिएटेड प्रेसलाई अहमदीलाई प्रदर्शनको कारण शनिबार पक्राउ गरिएको थियो। इरानको न्यायपालिकाले अहमदीको कार्यसम्पादनमा मुद्दा खोलिएको पुष्टि गरेको छ तर उनीविरुद्धको आरोप तोकेको छैन। इरानी सरकारी संचार माध्यम मेहर समाचार सँस्थाले जारी गरेको विज्ञप्तिमा अधिकारीहरूसँगको अन्तर्वार्तापछि अहमदीलाई रिहा गरिएको पनि बताइएको छ।

 

 

मजानदारन प्रहरी सूचना केन्द्रले परस्तु अहमदीले सांस्कृतिक मान्यता र मूल्यमान्यता विपरीत भएको श्रब्यदृश्य प्रकाशन गरेपछि एक छोटो सत्रमा भाग लिएकी बताएको छ । “उनीलाई न्यायिक अधिकारीहरू समक्ष उपस्थित हुन भनिएको छ।”

 

नर्वेजियनस्थित मानव अधिकारका लागि सङ्गठन हेङ्गाउ संगठले उनीसँग प्रस्तुति दिने दुई पुरुष संगीतकार सोहेल फगिह-नासिरी र एहसान बेरगदारलाई पनि पक्राउ गरेको ताएको छ।

 

इरानको हिजाब कानुन कडा बनाइएको छ ।

 

इरानको १९७९ इस्लामिक क्रान्ति पछि शासन गरेका कट्टरपन्थी शासनहरूले महिलाहरूले पुरुषको उपस्थितिमा पर्दा लगाउनु पर्छ भनी कानून पारित गरेका छन्, यद्यपि महिलाहरूले यी नियमहरूको स्वदेश र विदेशमा विरोध गरेका छन्।

 

सन् २०२२ मा महसा अमिनी नामकी युवतीलाई हिजाब लगाउन नसकेको आरोपमा गिरफ्तार गर्दा ठूलो आन्दोलन भएको थियो । ती २२ वर्षीया युवतीको तीन दिन पछि मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ०१:०६:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend