पाल्पा, पौष २१ गते २०८१ । अविरल गंगा साहित्य केन्द्रद्वारा डा. दामोदर पुडासैनीको प्रमुख आतिथ्यता तथा अध्यक्ष गंगा लिगलको अध्यक्षतामा भर्च्युअल रुपमा 'हेमन्त साहित्यिक गोष्ठी' सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा कविहरू लक्ष्मीप्रसाद मिश्र, टेकबहादुर लौडारी, हरिप्रसाद घिमिरे, वीरबहादुर लोहनी, दुर्गाप्रसाद सिग्देल, ललिता खरेल, पार्वती पुडासैनी, रीता खत्री, टेकबहादुर लौडारी, सुधा बास्कोटा, रीता खतिवडा, द्वारिका कुँइकेल, चन्द्रा न्यौपाने, पवनकुमार बुढाथोकी, सीता पाण्डे, दुर्गाप्रसाद भमरकोटे तथा प्रमुख अतिथि डा. दामोदर पुडासैनी समेतले आ-आफ्ना रचना वाचन गर्नु भएको थियेा ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाका सदस्य टेकबहादुर लौडारीले स्वागत गर्नु भएको थियो भने वीरबहादुर लोहनीले स्वागत गान प्रस्तुत गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि डा. पुडासैनीले आफ्नो मन्तव्यमा सबैका रचनाहरू स्तरिय हुनुका साथै साहित्यकारहरूले बाहिरका मुलुकबाट पनि आवश्यक कुरो सिक्ने नेपाली संस्कार र संस्कृतिलाई बाहिर चिनाउने काम गर्नुपर्छ भन्नुभयो ।
साहित्यमा मानिस र मानिसबीच हुने असमानता घटाउने, मानवका हित तथा कल्याण हुने खालका रचनाहरू सिर्जना गर्नुपर्दछ । अहिलेको विज्ञान प्रविधि, ग्लोबल भिलेजको अवधारणालाई कुन रुपले हेर्ने, मानव हित हुने खालका परिवर्तनहरूलाई सकारात्मक भावनाले हेर्ने खालका रचनाहरू आउनुपर्ने कुरा बताउनु भयो ।
विश्वमा विभिन्न ठाउँमा बसोबास गर्नेहरू बीच भाइचाराको सम्बन्ध हुनुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै संस्थाकी अध्यक्ष साहित्यकार गंगा लिगलले कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन तथा संयोजन पवनकुमार बुढाथोकीले गर्नु भएको थियो ।