हामीहरु अरूका कथा पढ्छौ, रमाउँछौं, आफूमा हराउँछौ पनि । अरूका कथा पनि बन्छौं तर आफै चाँहि कथा बन्न चाहँदैनौं । कथाको दःुखी पात्रबाट समानुुभूतिमा पुुगेर दुखीआनन्द लिन्छौ तर आफै दुःखमा पुुग्न चाहँदैनौं । मानवमनोविज्ञानले हामी आफ्ना कथाभूूमिमा मनभित्र र मनबाहिर छुट्टै बन्दै आएको छौं । कथामा त्यो दूरी मेट्न पाए हुन्थ्यो भन्ने एउटा सोचले पिरोल्यो ।
मानिसहरू आफ्ना कुरा अरूसम्म पुु¥याउन कथा लेख्दा रहेछन् । आन्तरिक अनुुभूति, सपना, विचार फिजाउँन कथा लेखिएको पाइन्छ । दःुखलाई निकास दिँदा मन शान्त हुन्छ, घटनालाई स्मृतिमा तान्दा मानिस घटनामै साक्षात्कार भएर आफूलाई विगतमा विचरण गर्न पुुग्छ, सपनामा रमाएर आनन्द पिउन चाहन्छ, सङ्घर्ष उठाएर साहसको उचाइमा हौसिन्छ र कहिले काँहि आफू, परिवेश, र घटनाका माध्यमबाट विचारको उदात्त प्रकाशन गरेर अरूलाई सन्देश दिन चाहन्छ । जीवनबाट उठाइएका कथाहरू यी परिसीमा पर पुुग्नै सक्दैनन्।
हो, अरूको कथा पढेर, सुनेर, हेरेर, देखेर रमाउने मन कहिलेकाँहि आफ्नै कथामा आइपुुग्छ । मेरो कथा ‘आमासँग कुरा गर्ने धोको’ पढेर कुनै पाठकले यो त मेरी आमाको कथा हो भनेर मलाई लामो प्रतिक्रिया लेखेथे । मैले यति मात्र भनेँ, यो हामी धेरै अकालमा आमा गुमाउने टुहुराहरूको आमाको कथा हो । कथा सबैका उस्तै हुन्छन्, मिल्दाजुल्दा हुन्छन् । केही फरक भएपनि संवेदना उस्तै हुन्छ । मेरा कथाहरूलाई यही सेरोफेरोमा बुुझिदिनु हुनेछ । यी कथाहरू यहाँहरूकै हुन् ।
कथालाई पाठक जसरी बुुझ्छन्, विवेचक–समालोचक त्यसरी बुुझ्दैनन् । पाठकहरू सादा मनले विनाआग्रह कथा पढ्छन् । समालोचक–विवेचक मूल्य–आग्रहमा कथा हेर्छन्। परिभाषा र अर्थ, सिद्धान्त र सूत्रमा कथा खोज्न थाल्दा अनुुभूति बाहिरिन्छ र जीवनबाट टाढा पुुग्छ । बाँधिएर लेखिएको कथा लेखकीय आत्माबाट छुटिृन्छ । बिजेका कुरा, घटेका घटना, भोगेका अनुुभूति, समानुुभूति भएका आफै वरिपरिका विषयलाई मैले कथा बनाएको छु । कथाहरूस्मृतिपरक छन्, कार्यपरक छन्, नियात्रापरक छन्, सम्बन्धपरक छन् तर आफ्नै वरिपरिका घटना र पात्रलाई कथा बनाएको छु । कथाहरू हाम्रै समाज, समय, स्वभाव, भूूगोल र भावनाबाट कत्ति पनि पर छैनन् । कथालाई आफ्नै मन र मानसपटबाट उठाएको छु । कथामार्फत म आफै पाठकसम्म पुुगेको छुु । म र यहाँहरूबीच कथा सम्बन्ध सेतु हो । यहाँभन्दा बढी मेरा कथालाई म केही भन्दिन ।
संवेदना भएका सबै हामी कथा हौं । प्रत्येकका कथा फरक हुन्छन्, किनकि संवेदनाबोध र कथापृष्ठहरू प्रत्येकका फरक हुन्छन् । सबै नियतिबाट लतारिएका छन्, समयले लखेटेको छ, त्यसैले सपनाहरू विशृङ्खलित छन्, विपना असुरक्षित छ । मनभित्र बाँचेको मानिस र मनबाट बाहिरिएको मानिसबीच फराकिलो दूरी छ । यो दूरी घटाउन सक्नेहरू साहसिला र नसक्नेहरू असुरक्षित–विशृङ्खलित छौं । यही कथागर्भमा पोखिएको छु । यो प्रयोग होइन, जीवन हो । समाजको सादा चित्र हो । कथाहरू रहर होइनन्, खास अवस्थामा पोखिएका भुल्का हुन् ।
‘विशृङ्खलित सपनाहरू’ कथागर्भमा मेरी आमा छन्, रोशीखोला छ । आमा स्मृतिमा मात्र छन्, रोशीखोला पनि मानव अतिक्रमणले अस्तित्वको सङ्घर्षमा छ । म आमा र रोशीखोलाप्रति नमन गर्छु । मेरो मनमा आमा र रोशीखोलाले कहिले वास बिराउँदैन । मभित्र छरिएका भावनालाई कथारूप दिन दैनिकजसो मलाई घचघच्याउने मेरा दाजु वरिष्ठ साहित्यकार युवराज मैनालीलाई यस अवसरमा भन्ने शब्द छैन, मेरा सबै कृतिका प्रेरणापुुञ्ज उहाँ नै हुुनुहुन्छ । वरिष्ठ समालोचक प्रा.डा खगेन्द्रप्रसाद लुुइटेलको सल्लाह र स्नेहका लागि सँधै ऋणी छु । मेरा अनन्य मित्र वरिष्ठ साहित्यकार द्वय ठाकुर शर्मा भण्डारी र बाजुराम पौडेलले कथासङ्ग्रह प्रकाशनमा लगाउनु भएको गुणका लागि हार्दिक आभार व्यक्त गर्दछु । सबै कथाभित्र पसेर मिहिन रूपमा विवेचनासहित भूमिका लेखिदिनु भएकोमा वरिष्ठ कथाकार विजय चालिसेप्रति ऋणी छु । मेरी जीवनसाथी कमला पर्दाभित्रकी प्रेरणा हुन् । मेरा मुटुुका ढुकढुकीहरूशुुभम÷श्रेयेशा र सुव्रत÷दीक्षाले चासो राखेर कथा पूरा गर्न सघाए, उनीहरू सबै धन्यवादका पात्र हुन् । कथा प्रकाशनको जिम्मेवारी लिने सुरभि साहित्य प्रतिष्ठानप्रति आभार छ । साथै पुस्तक छपाइमार्फत कृतिलाई यस रूपमा ल्याउन सहयोग गर्ने सूूर्योदय छापाखानाका प्रोप्राइटर हरिबहादुर कार्की तथा साजसज्जा गर्ने दीपेन्द्र बस्नेतप्रति पनि हार्दिक धन्यवाद छ ।
अब यो कथा सबै पाठक र अध्येताहरूको हो । यहाँहरूबाट सदाझैँ माया, प्रेरणा र मार्गदर्शन भई नै रहने विश्वास लिएको छु ।
आषाढ १, २०८१
मैनाली निवास
क्षितिज मार्ग, शङ्खमूल ।