हरिका सबै साथीहरू कामका लागि विदेश गएका छन् तर हरि भने गएन । गाउँका मिल्ने जति सबै मलेसिया र खाडीतिर गएपछि गाउँमा एक्लो भएको हरि कतिखेर त आफूपनि उतै जाऊँ कि भन्ने सोच्छ । भर्खर जन्मिएको सानो बच्चा, हात समातेर ताते गर्ने ठूलो बच्चाको मायाले फेरि मन फर्काउँछ ।
‘म बाहिर गएँ भने यो एक्ली सानुले कसरी बच्चा हुर्काउलिन् ? भर्खर सुत्केरी उम्केकी उनले घर कसरी धान्लिन् ?’
एउटी आमाले एकसाथ दुुईटा काखेबच्चा हुर्काउन सक्छे ? चार पाँच वर्ष नपुुगेसम्म बच्चाको काम नै बिमारी हुने हो । बच्चा बिमारी हुँदा सानू कहाँ जालिन् ? आफै बिमारी भए ..? फेरि जमाना पनि ठीक छैन, भर्खर बाइस पुुगेकी प्रकृतिकी झरझराउँदी फूलजस्ती सानुुमाथि कतिको आँखा पर्लान् ?
हरिका मनभरि प्रश्नै प्रश्न छन् । ती प्रश्नका उत्तर दिने पनि उसैले हो ।
‘जे भए पनि विदेशचाहिँ जान्न । जानै परे पनि बच्चा स्कूल जान थालेपछि सोचांैला । विदेशमा नगएर पनि केही गर्न कसो नसकौँला त ?’
एक हलको पाखो बारी त छ तर वर्षभरि बारीमै घेप्टिँदा पनि चारजनाको परिवार पाल्न सक्दैन हरि । बारीको उब्जाउ कति पो हुन्छ र ?वर्षको एकबाली मकै, मकैसंँगै अलिअलि सिमी, भट्मास र बारीको डिलमा केही बोडी, मलखाल्डोको वरिपरि साग, हरि एकजनाको पसिनाले सिञ्चनुपर्छ । पहाडको उब्जाउ परिश्रमको फल न हो, अनि पो हरिका साथी सब रोजगारी गर्न विदेश हानिएका ।
घरको गर्जो बारीको मकैले मात्र टर्दैन । हरिले ऋण काढेर ल्याएको भैंसीले दूध दिएसम्म त गाउँको चिया पसलमा दूध ठेक्का दिन्थ्यो । नून, तेल, कपडा, चाडबाड सबै भँैसीले धानेको थियो । एकभारी घाँस जहाँबाट पनि ल्याउन सकिने । एक ढुुङ्ग्रो दूधले हरिको परिवार रसाएको थियो ।
यसपालि हिउँददेखि भैंसी पनि थाक्यो । दूध दिन छाडेको मात्र होइन, बेत बस्यो । हरि एकतमासले भैंसीलाई हेरिरहन्छ । भैसीले पनि हरिलाई हेरिरहेकी छ । हरिले घाँसको मुठो त किलामा हालिदिन्थ्यो, तर भैसी लैनुहुँदा जस्तो उत्साहले होइन । आफूू थाकेकोमा हरिको उत्साह मरेको भैंसीले पनि बुुझेकी हुनुपर्छ । बेत बसेकी उससँग पनि त केही उपाय छैन ।
हरिको बह पोख्ने एकजना सानु त हो । आमाबुुबा सानैमा पहिरोले खाइहाल्यो, मावलीको आफ्नै टन्टा । सानूको माइतीमा भन्दा कस्तो घरमा छोरी दिइएछ भन्ने पीर पर्ला । पीर भन्ने कुरा अरूलाई बताउने पनि त होइन, माया गर्नेलाई बताएऊ नै दुःखी हुन्छ, आरिस गर्नेलाई बताए झन खुसी हुन्छन् । त्यसैले हरि हम्मेसी सानूलाई पनि पीर पोख्दैन । मानिसको जात नै यस्तो ।
‘भैँसी पनि थाक्यो, के गर्नु सानु ? बेच्दा पनि मोल आउँदैन । अर्को किन्न पनि सकिँदैन । घर कसरी चलाउने ?’
‘म के भनूँ हजूर । मेरो ढुुङ्ग्री बेचेर थपथाप गरेर लैनू भैंसी किन्नूस् न त ।’
‘त्यो ढुुङ्ग्री तिम्रो विवाहको एक मात्र बाँकी चिनो । त्यो पनि बेचेपछि विवाहको चाहिँ के बाँकी रहन्छ र ?’
हरि गम्भीर भएर सानूको मुुख हेरिरहन्छ । सानूूका मुुखमुद्रा पनि गम्भीर छ । उपायहीन प्रश्नहरू चेहराभरि छरिएका छन् ।
‘चिनोभन्दा विवाह ठूलो नि ! हामी भएपछि, हामीमा माया भएपछि अरू के चाहियो र ? यस्ता गहनाको काम दःुखको गर्जो टार्ने त हो नि !अब त दुुई लालाबाला पनि विवाहकै चिनो होइन र ? रहर भनेर मात्र भो र ? यी लालाबाला हुर्काउनु पनि प¥यो ।’
हरि मनमनै सोच्छ, म निकै भाग्यमानी छु । समझादार श्रीमती पाउनुु भाग्यको कुरा हो । मेरी श्रीमती कति बुुझक्कड र व्यावहारिक छ । भर्भराउँदो जवानीमा पनि रहर र फर्मायस गर्दिन । साथीहरूले श्रीमतीलाई अरवमा पसिना बगाएर तीज, दशैंमा भाग पठाउँछन् । श्रीमान् कता हो, श्रीमती सजिएर बजार जान्छन् । सानूजस्ता मानिस त सृष्टिका उपहार हुन् ।
रहर त सानूलाई पनि होला । समझदार मानिस रहरहरू पनि परिवारमा समर्पण गर्छन् । हरि एक्लै अगिल्तिरको अजङ्गको धारे पहरो र पहरो बीचको ढुुङ्गे छाँगोलाई हेरिरहन्छ । त्यै पहरोमा ऊ कैयनपल्ट लडेको छ । त्यही पहरोलाई चिथोरेर घाँसको भारी ल्याएको छ । पहरामा घाँस काट्न, भैँसीलाई दूध आउने, पोसिलो घाँस काट्न हत्केलामा ज्यान लिएर हिड्नुपर्छ, बुट्यान समाउँदै पाइताल अड्याउने ठाउँ खोज्नुपर्छ । हिँड्दा ढङ्ग नपुु¥याए पहराले भारी अचेट्छ, लडियो भने एकैचोटी तल पुगिने डर । यो जीवनसंँगको एक्लो सङ्घर्ष हो ।
पहरासंँग खेलेर, लतारिएर, पछारिएर पहरोजस्तै बन्न सिकेको छ हरिले । पछारिए पनि, चिथोरिए पनि पहरोले नै हरिलाई, हरिको भैंसीलाई आधार दिएको छ ।
हरिका लागि पहरो साहस पनि हो । कर्मजीवीका लागि पहरो उद्देश्य पनि हो । पहरामा घाँस काट्न जाँदा उसकी सानूले घरको दलानबाट चियाउन सक्छे, बच्चा बिमारी हुँदा चिच्याउन सक्छे । बच्चालाई तेरा बाबा भनेर देखाउन सक्छे ।
‘त्यो बाँदर लड्ने पहरामा हरि ढुन्मुुनिए …?’ यस्ता कुभावना सानूको मनमा पटक पटक नआएका होइनन् । अर्को मनले त्यसलाई तत्काल थिच्छे, अर्को प्रसङ्गमा पुुग्छे । मानिसहरू अनिच्छित कल्पनाका विम्ब पनि देख्न चाहँदैनन् ।
हरिले धारे भीरबाट घाँसमात्र ल्याएको छैन । मछाइनो, चुत्रो, ऐँसेलु पनि ल्याएको छ । एकपटक त वनमौरीले बनाएको पोला नै ल्याएर रोग काटिन्छ भन्दै सानूूलाई खान दिएको छ । ठूलो बच्चालाई पनि दिएको छ, सानो बच्चालाई जिब्रोमा चटाइदिएको छ ।
पहाडका मानिसहरू प्रकृतिसंँगै सिक्छन्, प्रकृतिसंँगै जुध्छन्, प्रकृतिसंँगै रमाउँछन् । उनीहरूको जीवन अर्गानिक हुन्छ, पवित्र हुन्छ । मन पहरा फोडेर छङछङ बग्ने छहराजस्तै कञ्चन । परिश्रम पहरो फोडेर मौलाउने पीपलजस्तै साहसी ।
हरिलाई पहाडले, पहराले, छहराले ससाना सपना देख्न सिकाएको छ । सरल बन्न सिकाएको छ । सिधा हिँड्न सिकाएको छ । परिश्रम गर्न अनि तृष्णा र ईष्र्या नगर्न सिकाएको छ । त्यसैले पहाडहरू शहरभन्दा भिन्न छन् । हरिको सानो सपना एकभारी घाँसमा पूर्ण हुन्छ, सानू र बालकलाई पेटभरि खुवाउँदामा पूर्ण हुन्छ । एक ढुुङ्ग्रो दूध गाउँको पसलमा बेच्दा पूर्ण हुन्थ्यो ।
समयसँगै सपनाहरू बदलिन थाले । सपना होइन, दायित्व थपिएकाले पनि प्रयत्नका स्वरूप बदलिन थाले । दायित्व बढ्दै गएपछि हरि सानूसँंग बच्चा कसरी पढाउने, घर कसरी चलाउने भनेर दिनहूँ छलफल गर्छ ।
हरिले आदेशको भाकामा सानूलाई बोलायो ‘ए सुनन ! आज सपनामा हामीले लैनो भैंसी ल्याएछौँ । भैंसी हेर्न सानो र ठूलो दुवैबाबू फलैँचामा ज्ञानी भएर बसेका रहेछन् । भँैसीले कुँडेभरि दूध दिएछ । तिमी अँगेनामा दूध तताउन थालिछौ । दूूध तताएको हेर्न सानो बाबुु तिम्रो काखमा र ठूलोचाहिँनजिकैको चकटीमा ज्ञानी भएर बसेका रहेछन् । सपना देख्दा पनि कति आनन्द आएको ।’
‘त्यो सपना होइन, कल्पनाजस्तो छ हजूर’ । सानूले उत्तर दिइन् ।
‘जे सम्झ । मैले देखिहालेँ । अँ भन न किन म कहिले पनि प्लेन चढेको, धनी भएको, ठूलो दोकानदार भएको, आफ्नै मोटर चढेर डुलेको सपना देख्दिन ? तिमीले कहिले त्यस्तो सपना देखेकी छौ ?’
‘विपनाको चाहना, यत्नहरू सपनामा देखिने न हुन् । हामीले त्यस्ता ठूला चाहना राखेनौं, त्यसैले सपनाले त्यता पनि पु¥याएन । म त त्यस्ता सपना पनि देख्दिनँ । मेरा लागि सपना, विपना सबै हजूर र यी दुुई लालाबाला ।’
‘अब मेला जान्छुु, केही छ भने अर्नी देऊ ।’
सानूले हिजोको बासी रोटी र गुन्द्रुुक ल्याइदिइन् । हरिले जिब्रो फड्काएर खायो । ओम्खराबाट कलकल पानी पियो । कोदालो काँधमा राख्दै मेला गयो ।
हरिलाई मेला नपुगिञ्जेल मनमा एउटा प्रश्न घुमिरह्यो । साना मानिसले ठूला सपना किन देख्दैन ? मैले अङ्ग्रेजी बोलेको सपना किन नदेखेको होला ? सपना देख्न पनि सामथ्र्य चाहिन्छ र ? हो, सानूले भनेकै ठीकै हो । विपनामा जेले सताउँछ, जे भैदियो भनेर भौतारिन्छौं, सपनामा त्यही देखिने रहेछ ।
हरिको साने संसार दःुखी भएपनि सुन्दर छ । श्रमले धानिएको परिवार सुन्दर र स्वावलम्बी छ । कहीँ कतै लपनछपन छैन ।
बुुढी भैंसी बेत बसेपछि बेच्नुको विकल्प थिएन । बेचेर अर्को भैंसी किन्ने सामथ्र्य पनि भएन । ऋण काढेर भैँसी किनेर पनि के गर्नु दूध बेचेको पैसाजति व्याज तिर्नै लाग्छ, आफनो भागमा दुःख मात्रै ।
हरिको मन एक्कासि मडारिन पुुग्यो ‘लैनो भएसम्म मायाले पाल्ने, थारो भएपछि बेच्ने पनि कतै मानवता हो ? किन्नेले त मासुुकै लागि किन्ने हो । उसको आत्माले श्राप दिँदैन ?’
‘सानू भन त के गर्ने ?’ सानूसंँग पनि उत्तर थिएन । उनको मन पनि हरिको भन्दा फरक थिएन । ‘हजूरलाई जे गर्न मन लाग्छ, त्यही गर्नुहोस् ।’
आखिर हरिले सस्तो मोलमा भैंसी बेच्यो । त्यसपछि हरिले आफूलाई मनमनै स्वार्थी घोषित गरेको छ । फाइदा भएसम्म माया गर्ने, त्यसपछि बेच्ने, यो पनि एक प्रकारको पाप नै हो ।
संसार यस्तै साना ठूला पापले चलेको छ । एउटाको पाप अर्कोको आवश्यकता ।
मलौटे व्यापारीले भैँसीको दाम्लो तान्दा पनि भैँसीले हरितिर हेरेर मुन्टो हल्लाएर असहमति जनाउँदै थियो, आँखा टलपल थिए ।
त्यो दृश्यले हरिको मन निचोरिएको छ । आफैले मायाले पालेको भैंसीलाई मलौटेलाई बेच्नु, मलौटेले भैँसीलाई मासुु व्यापारीसम्म पुु¥याउनु, त्यसपछि त्यो मम दोकानसम्म पुुग्नुु, एउटा होनहार भैँसीको जीवनचक्र समाप्त हुनुु । उसैको दूधले कति हजारले चिया खाए होलान्, कतिले दूध, दही खाए होलान् । के मानिस यति स्वार्थी र उपभोगवादी हो ? हरि बेचैनीमा छ ।
हरिले सानूसँंग सल्लाह ग¥यो ‘सानू भदौ पनि सकिन लाग्यो, मकै थन्क्याई हालियो । बारी भट्मास, बोडी तिमीले थान्को लगाउन सकिहाल्छ्यौ, म शहरतिर गएर मजदुुरी गर्छु । यहाँ काम पनि छैन, भैंसी पनि बेिचहालियो । दशैँलाई खर्च कमाउँछु ।’
‘हुन्न त कसरी भनौं । दुुई लालाबाला स्याहार्नु छ ।’
शहर कति टाढा छ र ? बिहान गए बेलुका पुगिन्छ, गाउँबाट मोटर लागिहाल्छ ।
केही प¥यो भने फोन गर, म पैसा पठाइदिन्छु । ठूलोको स्कुलमा ख्याल गर्नु ।
गाउँका सानातिनो ठेकेदारले हरिलाई काठमाडौं ल्याइपुु¥याए ।
हरि अचम्म मान्छ । काठमाडौं त अवसरको केन्द्र रहेछ । शहर पसेपछि हरिले कहिले बेकाममा बस्नु परेन । महिना नबित्दै तीन पटक घरमा पैसा पठाइसक्यो ।
दिनभरिको काममा हरिलाई थकाइ छैन । साना सपनाहरू पूरा हुँदै सपनाका आकार पनि बढ्न लागेको छ । काम पाएकोमा निकै खुसी छ । काम पनि दिनगन्तीमा होइन, ज्याला ठेक्कामा । मनमनै सोच्छ ‘छ महिना यसरी काम पाए त लैनोभैँसी पनि किन्न सक्छु ।’
साँझसम्म मच्चिएर काम गर्छ । घर बनाउने ठेकेदारले उसलाई निकै मन पराएका छन् । नाफा खोज्नेहरूले कामलाई मन पराउने त हुन नि!
काठमार्डौमा घर बनाउने व्यवसाय निकै फस्टाएको छ । कैयन हरिहरूको रोजीरोटी यही व्यवसायले दिएको छ ।
मनमनै सोच्छ –विदेश नगएर के भयो र ? दैनिक दुुई हजार रुपैयाँ यही कमाउँछु । उता जानेले पनि त्यै पचास साठी हजार महिनामा पठाउने त हुन् नि ! जानेवेलाको खर्च, अर्कोको मुलुक । यहाँको काम कता हो कता राम्रो ।
काममा सन्तुष्टि जति ठूलो केही नहुने रहेछ । कामले कामै तानेको छ ।
अग्लाअग्ला घरका टुँडालसम्म बाँसको लिस्नो लगाउँदै कम्मरमा बेल्ट र हातमा ब्रस बाल्टिन लिएर छाना, भित्ताहरूमा वेदरकोड लगाउन हरि खप्पिस छ ।
उसको ठेकेदारले रङ्ग कम्पनीबाट कमिशन पाउँछन् रे !, उपहार पाउँछन् रे !ऊ मतलव राख्दैन । निरन्तर काम गर्छ । समयमा पैसा पाए भैहाल्यो । अरूले दुुईजनाले गर्ने काम ऊएक्लै भ्याउँछ । इमान्दार भएकाले सबैले मन पराएका छन् ।
असोज निख्रन लाग्यो । दशँैको साइतमा धेरैले घर पूजा गर्ने, नयाँ घरमा सर्ने भएकाले हरिलाई झनै दशैँ आएको छ । घरभित्र राती काम गरेर ओभरटायम कमाउन सक्छ ।
काम गर्दागर्दै हरिको इमानले बानेश्वर, कोटेश्वर, ग्वार्को, पुल्चोक, थापाथलीका नयाँघरे र रङ्ग व्यापारीले चिनिसकेका थिए । नयाँघरेहरू आफू घरमा न भए पनि हरिलाई कोठा, कौसी कामका लागि खुला हुन्थ्यो ।
हरि मनमनै दङ्ग छ । विदेशमा गएर पैसा पठाएर न यति विघ्न घर बनेका होलान् । जब काम पाउँछ, हरि सबैलाई मनमनै सम्मान गर्छ । काम दिने व्यक्ति ईश्वर हो ।
दशैँ लाग्यो । शहरको चहलपहल बढेपनि उपत्यका बाहिरका मानिसहरू दशैँ मनाउन उतैतिर लागे । हरिले ठेक्का लिएको भण्डारीबाको घरको काम सकिन अझै एकहप्ता बढी लाग्छ । फूलपातीको अघिल्लो दिन भण्डारीबा तराई जाने मुडमा छन् । उनले निधो गरे, हरिलाई दशँैमा पनि रङ्ग लगाउन अनुरोध गर्ने ।
मानेमा घरको चावी उसैलाई दिएर जाने । घर कुुरुवा पनि राख्नुनपर्ने, घरमा रङ्ग पनि लाग्ने ।
भण्डारीबाको अनुरोध हरिले एकै वचनमा स्वीकार ग¥यो । दशैँ त अर्को साल पनि आउँछ, दशैंमा यसरी बा¥ह पन्ध्र हजार कमाउन सक्ने समय त सधैँ आइरहँदैन ।
गाउँ जानेसँंग कमाएको पैसा सानूलाई पठाइदियो र रमाइलोसँंग दशैँ मनाउन सानूलाई फोन ग¥यो, दुवैै बच्चासंँग कुरा ग¥यो । सानूूले भक्कानिएर भनिन् –हजूर नभएको दशँै रमाइलो हुन्छ र ? तर हरिको जिद्दीका सामूू सानूको के जोरचल्थ्यो ।
भण्डारीबाका छिमेकीहरू आश्चर्य मान्थे, बिहानैदेखि दशैंका समयमा पनि बाहिरबाट ताला लगाएर गाह्रोमा रङ्ग किन लगाएको होला ? के बित्दो भएर होला ? टोलका बच्चाहरू पनि हरिदाइको पनि दशैं होला, उसका पनि आफूहरूजस्तै बच्चा होलान् भन्ने गर्थे ।
फूलपाती, नवमी, दशमी सबै दिन हरिले काम गरिनै रह्यो । बाहिरी गाह्रो करिब सकिएपछि एकादशीको दिन मध्याह्नमा छुुटेको स्थानमा रङ्ग लगाउँदै थियो । कात्तिक महिना भएकाले मधुरो घामको दशँै आनन्द लिन भण्डारीबाका छिमेकीहरू कौसीतिर थिए, बच्चाहरू कौसीबाट चङ्गा उडाउँदै चङ्गाचैट भन्दै थिए । एक्कासि डङ्रङ्ग आवाज आयो । के भयो भनेर टोलवासी हतार–हतार भण्डारीबाको घरतर्फ लागे । कम्मरको डोरी छिनेर तीनतला माथिबाट हरि बजारिएछ । बाल्टीको रङ्ग र हातमा ब्रससमेत हरि आँगनमा घोप्टिएको मुखबाट थोरै रगत आएको अवस्थामा लडिरहेको रहेछ । भित्रबाट ताला लगाएकाले तत्काल कोहीभित्र पस्न सकेनन् । डेढतलासम्मको कम्पाउन्डवाल माथिको तिखा ग्रीलले कोही भित्र जान सकेनन् । मगाएको एम्बुलेन्स गेटमा साइरनमा छ ।
हकशले तालाकाटेर छिमेकी भित्र पस्दा रगत आलो भएपनि हरि अररो भइसकेछ ।
पहरा जितेको, पहरामा हुर्केको हरि घरको छानासँग भने हार्न पुुग्यो । पहाडमा सबैको मन जित्ने हरि शहरसंँग सधैँका लागि हा¥यो । साना सपनामा ठूलो खुसी सम्झिने हरिका सपना पानीको फिँज जसरी प्याट्ट फुट्यो । विचरा सानू र ठूलो सानोको सपनामाथि खुसीको दशैँ नसकिँदै बज्रपात प¥यो ।