Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

स्पेन लागि नेपालका आवसीय राजदूत शनिल नेपालले कार्यभार शुरु गरे

स्पेन लागि नेपालका आवसीय राजदूत शनिल नेपालले कार्यभार शुरु गरे

images
स्पेन लागि नेपालका आवसीय राजदूत शनिल नेपालले कार्यभार शुरु गरे

काठमाडौ । स्पेन अधिराज्यका लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले स्पेन पुगेर पदभार ग्रहण गरेका छन् ।

 

IMG_3789.jpeg

 

आफ्नो कार्यभार सम्हाल्न हिजो माघ ७ गते तदनुसार २० जनवरी २०२५ का दिन नेपालबाट सपरिवार स्पेन गएका नेपालले हिजो नै स्पेनको म्याड्रिड स्थित नेपाली राजदूतावासमा पदभार ग्रहण गरेका हुन् ।

 

त्यसअघि उनलाई म्याड्रिडस्थीत विमानस्थलमा दूतावासका कार्यवाहक राजदूतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए ।

IMG_3786.jpeg

 

सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । 

 

गत भदौ २७ गते संसदीय सुनवाई भई संसदीय समितिबाट उनको नाम अनुमोदन भएको थियो। यसअघि उनलाई विसं २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

 

नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर राजदूत नेपाललाई पठाएकोमा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन्। माल्टामा पछिल्लो समय रोजगारीका लागि नेपालीहरू जानेक्रम तीव्र रुपमा बढेको छ।

 

IMG_3791.jpeg

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - ०९:११:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend