Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खोस्टो पो दिए (ब्यङ्ग्य कविता) - अर्जुन राज पन्त

खोस्टो पो दिए (ब्यङ्ग्य कविता) - अर्जुन राज पन्त

नेप्लिज डायस्पोरा

९, फाल्गुण २०८१
images
खोस्टो पो दिए  (ब्यङ्ग्य कविता)     - अर्जुन राज पन्त

हैन भनम नागरिकता नै हो

हो भनम गाइजात्रा भै गो 

 

भिसा लगाई स्वदेशमा जाऊ

आपनै खल्तिको मागेर खाऊ ! 

 

नागरिक भनि सम्बिधानले भन्छ

भिसा लगाउने कानुन बन्छ ! 

 

छ यस्तो अन्त हेर चारै दिशा

स्वदेशी माथि को लाउँछ भिसा? 

 

बस्नु छ लाइन नागरिकता बोकी

देशैको पो नै उपहास भो कि ! 

 

विदेशी भैया भने त्यसै छिर्छ

नेपाली भने भिसालाई तिर्छ ! 

 

बहुपासपोर्टधारी बरु मन्त्री भाछन््

सही बाटो हिँड्नेले ठक्कर खाछन् 

 

रेमिट्यान्समा बाँच्दा नि के बदला लिए

नागरिकता भन्दै के दिए -दिए 

 

देखाइ त्यहि केही खोज्दा किन्न

चल्दैन भन्छ सिम कार्ड नि दिन्न! 

 

मालपोतले भन्छ यो चाँहि लिन्न

ब्याङ्कले नि भन्छ यो खाता दिन्न 

 

न चिन्छ मालले न लिन्छ खालले

बेहत्तर बनायो  सरकारी  चालले 

 

जिउँदो त हो रे  तर प्राण  छैन

नागरिकता हो रे अधिकार हैन! 

 

सकिन्न भने  अधिकार  दिन 

खोस्टा त्यसरी बाँडनु पो किन? 

 

पढेर हेर सम्बिधानमा के छ

देउन  त्यहि भनेको  जे  छ 

 

नदेऊ राजनितिक अधिकार बरु

भोग  गर्न देऊ  लेखेका  अरु 

 

बिर्को  ढाकेर भर्न   राखेर 

भरिन्न भाँडो पानी  थापेर 

 

हराउँछ चङ्गा  धागो  चुँडले

फुल्दैन कमल तलाउ हुँडले 

 

नागरिकता भन्दै एक खोस्टो दिए

भन्दिए  त्यसलाई गैर आवासीय । 

-  बाग्लुङ, मुलपानी ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:५४:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend