गाउँमा ठुला-साना सबै रंगमा लतपतिएका थिए। हाेलीकाे राैनक थियो। चाैताराेमा गाउँका ठालु हरिहर बा आफ्नो सफा सेतो कुर्ता-पाइजामा लगाएर गर्वका साथ उभिएका थिए।
"रंग नहाल्नू है, मेरो कपडा मैलो हुन्छ!" उनले अविर खेल्दै हिँडिरहेकालाई चेतावनी दिए।
तर बुढो ललित के कम ! हातभरि अबिर लिई सिधै हरिहर बाको गालामा लतपत पार्दै धितमारे । चाैताराे वरपर हाँसोका फाेहरा छुट्याे ।
हरिहर बा काे अनुहार रातै भयो। जिउभरि काँडा उम्रिए। उनले बंगारा किटेर भने-"ओए ललिते ! तँलाई त म कहाँ छोड्छु र। तँलाई त कानुनको डण्डा लगाउँछु !"
ललित पेट मिचेर हाँस्याे र भन्यो-"बा, कानुन? त्यो त तपाईंले नै फुकालेर फालेको पो हो त! गाउँलेको मुटुखेत कब्जा गरेर, बेपत्ता भएकाहरूको नामकाे राहत अनि आवेगमा बालकृष्णको घर जलाउँदा तपाईंले कानुन कहाँ राख्नुभयो र ?"
गाउँलेहरू हाँस्दै ताली बजाउन थाले। हरिहर बा रिसले काप्न थाले। तर आज होली थियो—जहाँ सबै अपराध रंगले ढाकिन्थ्यो।
"सबै कुरा रंगमा रङ्गीन बनाउँदै लुकाउन !" हरिहर बा बर्बराउँदै घरतिर लागे।
ललितले चिच्याएर भन्यो-"आज होलीले न्याय गर्यो, बा! रंग बदलेर ।"
गाउँलेहरू फेरि ताली पड्काउँदै होली खेल्न लागे।
गाेपीराम भण्डारी
सिरहा