Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

माटोको पर्व ( लघुकथा )

माटोको पर्व ( लघुकथा )

नेप्लिज डायस्पोरा

३, चैत्र २०८१
images
माटोको पर्व ( लघुकथा )

एक गरिबीले जरा गाडेको राज्यकाराजालेअब प्रत्येक नागरिकले आफ्नो उपयोगिता प्रमाणित गर्नुपर्नेभन्ने महत्वपूर्ण निर्णय गरे । उक्त निर्णयबमोजिम जुन मानिस समाजको ‘समृद्धि’ को योजनामा योगदान गर्न असमर्थ नागरिक माटोमा बदलिनु पर्ने भयो ।
राजा स्वयमले सुनौलो सिंहासनबाट गर्जना गर्नुभयो,”यो प्राकृतिक चक्र हो । हामीले निष्क्रिय मानिसहरूलाई माटोमा रूपान्तरण गर्नुपर्छ, ताकि उत्पादनशील नागरिकहरूले उर्वर भूमि पाउन सकून्।”
शहरभरि ठूल्ठूला खाल्डाहरु खनिए, अनि खाल्डबाट झिकेको माटोको ढिकुरो बनाइयो । त्योढिकुरोलाई ‘पुनर्जन्म मन्दिर’ भन्ने नाम दिइयो। वृद्धहरू, अशक्तहरू, रोगीहरू, कामविहीनहरूलाई ढिकुरो नजिक भेला पारियो। एकपटक मन्दिरको ढोका पार गरेपछि, उनीहरू अदृश्य हुन्थे। राजाका मन्त्रीहरु भन्दथे “उनीहरू यस पवित्रमन्दिरमा गएर हाम्रो देशको माटो उर्वर होस् भनि भगवानसँग प्रार्थना गर्दैछन् ।”
समयसँगै खेतहरू सुन्दर देखिन थाले, बालिनाली भरिपूर्ण हुन थाले । ति खेतहरुमा सबै राजाका थिए अनि मन्त्रीले बालि लगाएका थिए । अधिकाँस रैतिहरु गरिबहरू अझै पनि भोकै, टुहुरा थिए। उनीहरू पुनः माटो बन्ने दिनको प्रतीक्षा गर्दैथिए ।
आफ्नी आमा ‘पुनर्जन्म मन्दिर’मा ध्यानमग्न भइसकेकी बालकले एकदिन राजलार्इ भने, “म पनि उपयोगी बन्न चाहन्छु” ।
राजाले हाँस्दै भने, “तिमी त अहिले सानै छौ, तिम्रो पालो पछि आउछ ।”
बालकले घाँटी तन्काउँदै भन्यो, “माटो नै फसलमा परिणत नहुने हो भने, तपाईंको भोज कसरी चल्छ?”
त्यस रात माटोले विद्रोह गर्यौ । पहिलोपटकराजदरबारका भान्साहरू सुनसान थिए। फसलहरू फल्न छोडेका थिए । वर्षौंदेखि मानिसको सपनासहित धनी भएको माटो आज निस्पट्ट मौन थियो।
राजाले सिंहासन छोडेर हेरे। बाहिर चकमन्न रात थियो। हल्का हावा चलिरहेको थियो, अनि सहरका बाटाहरूमा माटोमात्र थियो । तरत्यो माटो कुनै पनि बिरुवा जन्माउन अस्वीकार गर्दै थियो।

--युवराज मैनाली

images
प्रकाशित मिति :चैत्र ३, २०८१ सोमवार - २०:४२:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend