Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल ✍🏻सबिता अधिकारी

गजल ✍🏻सबिता अधिकारी

नेप्लिज डायस्पोरा

२, बैशाख २०८२
images
गजल  ✍🏻सबिता अधिकारी

 

बाध्यताले बिदेसींदा आंसु ,बगायौ कि नाई?

जन्म थलो घर गाउंलाई गुन,लगायौ कि नाई?

 

खरको छानो झुपडीमा,आतिएको तिमी!

महलको गांस-बासले,अघायौ कि नाई? 

 

बोल्नु भन्दा गर्नु ठुलो,सहयोगको खेती!

दुखी पिडीत बेसाहारा लाई,सघायौ कि नाई?

 

राम्रो लाउने मिठो खाने,चाहाने डस्दा।

भाको आफ्नो इज्यत कतै,डगायौ कि नाई?

 

आफ्नो भाग्य आफै कोर्ने भाग दौडमा हिड्दा!

परिवारको ओठमा हांसो,सजायौ कि नाई? 

 

मैले जस्तै सपनाको,थुप्रो बोकी बिदेसिंदा!

झाडु पोछा लगाउदै रूदा,लजायौ कि नाई?

 

खालि पेट अनिदोले,बिथोलिदा दिन रात!

खुसी बन्दै झुटको ढोलक,बजायौ कि नाई?

 

बाध्यताले बिदेसीदा आंसु,बगायौ कि नाई!

जन्म थलो घर गाउंलाई गुन,लगायौ कि??”

              

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - ००:०६:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend