Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आनन्द (लघुकथा) - नारायण कोइराला

आनन्द (लघुकथा) - नारायण कोइराला

नेप्लिज डायस्पोरा

२१, जेठ २०८२
images
आनन्द  (लघुकथा)  - नारायण कोइराला

लाइभ प्रसारणमा बाटो भीडले भरिएको देखेँ । गरि खान हिँड्नेहरू चिच्याइरहेका थिए । फोन गरेँ । गणतन्त्रले उठायो । 'गरि खान दिनु न ।' भनेँ । गणतन्त्रको फोन उठाउने पात्र रिसायो । जन आन्दोलनलाई फोन गरेँ ।

तुरुन्तै फोन उठ्यो । म केही बोल्न नभ्याउँदै आन्दोलनमा सामेल हुन अनुरोध आयो । मैलेँ मेरो समस्या सम्झाउने कोसिस गरेँ । मेरो आवाज आन्दोलनमा दब्यो । 

म जवाफहिन जस्तै भएँ । रिस उम्लियो । आँखाहरू गर्मीले पहिलै राता थिए । देशको माया लागेर के गर्नु ? मेरो निर्णय ठीक रहेछ । देशमा भएको भए मेरो हालत नि यस्तै हुन्थ्यो तर म परदेशी श्रमिक छु, "आनन्द ।"

 

- तानसेन पाल्पा

हाल : कुवेत ।

images
प्रकाशित मिति :जेठ २१, २०८२ मंगलवार - २२:५७:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend