Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लघुकथाः राष्ट्रविप्लव - मनीषकुमार शर्मा ‘समित’

लघुकथाः राष्ट्रविप्लव - मनीषकुमार शर्मा ‘समित’

नेप्लिज डायस्पोरा

२३, जेठ २०८२
images
लघुकथाः  राष्ट्रविप्लव  - मनीषकुमार शर्मा ‘समित’

देश परिवर्तनको मुहारमा थियो । जन उत्साहित थियो । नारा घन्किँदै थियो..... जिन्दावाद.... मुर्दावाद

एक सच्चा नागरिकको हैसियतले म पनि उपस्थित भएँ । 

यसैबिच एकसँग परिचय भयो । उनले उत्साहसाथ भने भने “म ....वादी..” 

अर्का पनि परिचित भए “म ....वादी” 

तेस्रो चौथो पाँचौ सबै परिचित भए । सबै फुरुङ्ग भएर आ-आफ्नो वादको नाता लगाउँदै थिए । 

निसासिएँ, तात्तातो माहौल छाडेर फरक्क फर्किएँ । फर्किँदै गर्दा आफूले आफैलाई प्रश्न गरेँ, “ सबै राष्ट्रविप्लवहरूबीच म के खोज्न गएको थिएँ हँ...?” 

- मध्यपुर ठिमी, भक्तपुर ।

images
प्रकाशित मिति :जेठ २३, २०८२ बिहिवार - ०७:४३:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend