मुक्तक -१
हेर राजा र सरकार अति धेरै भए मेरो नेपालमा ऐले
मुखिया जिम्मावाल काफी थिए न्याय निसाफमा पैले
मौलाए सत्ता लुछाचुँडी विकृति विसंगति भ्रष्टाचारीहरू,
गोडेर सफाया गर्नुपर्छ जागउठ सबै भन्नै पर्ने भयो मैले ।
मुक्तक -२
बादलको घुम्टोभित्र तिमीलाई लिएर जान मन छ
मेरो मनमुटुमा तिम्रो त्यो मनमुटु सिएर जान मन छ
लाग्छ काली तिमीबिना संसार पुरै अध्यारो र रित्तो,
दुःखका तिम्रा बलिन्द्र धारा आँसु पिएर जान मन छ ।
मुक्तक -३
जीवन के हो जुन ओडेर बालुवामा सुत्नेलाई सोध्नुपर्छ
सडकमा जुत्ता सिलाउँदै यो देश सिलाउनेलाई रोज्नुपर्छ
बगरमा गिट्टी बालुवा केलाउनेलाई राज्यले चिन्दैन भने,
नागरिक खुसी र सुखी छैनन् सत्तामा बस्नेले बुझ्नुपर्छ ।
मुक्तक -४
तिमीलाई भन्न पाइन सबै कुरा दोभानमा भेट्नआउनू
इच्छा, आकांक्षा, चाहना, मनका जति सबै मेट्नआउनू
जलाउँला यौवनका सारा दीपहरू कहिले ननिभ्ने गरी,
होइन भने तिम्रै हातले हाम्रो प्यारको गला रेट्न आउनू ।
मुक्तक -५
लोभ लाग्दो जवानीमा थियौ र त माया लगाएँ
सच्चा प्रेम खुसी मनले दियौ र त माया लगाएँ नखाई हरेश तिमीले पनि मैले जस्तै गर्छौ भन्दै
दुवै मनमुटु एकै ठाउँमा सियौ र त माया लगाएँ ।
- पाणिनी -७ अडगुरी, अर्घाखाँची ।