Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मञ्जुश्रीमा २१२ औं भानुजयन्ती सम्पन्न

मञ्जुश्रीमा २१२ औं भानुजयन्ती सम्पन्न

नेप्लिज डायस्पोरा

५, श्रावण २०८२
images
मञ्जुश्रीमा २१२ औं भानुजयन्ती सम्पन्न

‎२७ असार, पाल्पा ।

‎मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा मञ्जुश्री साहित्य समाजको ७९ अ‍ौं रचनावाचन शृङ्खला आज भानुजयन्ती विशेषका रूपमा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । प्रमुख आमन्त्रित नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्मा रहनुभएको यस कार्यक्रममा उहाँले " भोकी मैली निन्याउरी न त कपाल् कोर्याकी... " रामायणको श्लोक वाचनबाट शुरु गरेर आफ्नो मन्तव्यमा भानुभक्त आफ्नो जीवनकालमा बनारस, आसाम, सिक्किम यात्रापछि काठमाडौं आएका अनि रामायण लेखेर भाषिक एकीकरण गरेका, नेपाली  शिक्षा परिषदले वि. सं. २०१० देखि  निरन्तर भानुजयन्ती मनाइरहेको आदि प्रसङ्ग कार्यक्रममा उल्लेख गर्नुभएको थियो । विशेष आमन्त्रितहरूमा महाकाव्यकार पुरुषोत्तम सिग्देल, कविवर जगदीश्वर पोखरेल हुनुहुन्थ्यो । संस्थाका सदस्य वीरबहादुर लोहनीद्वारा सञ्चालित उक्त भर्चुअल कार्यक्रममा स्वागतार्थ लोकशैलीको एक पद्य प्रस्तुत गरेर शुभारम्भ गरिएको थियोे । तत्पश्चात क्रमश: आदिकवि भानुभक्तको २१२ अ‍ौं जयन्तिको सन्दर्भमा भानुभक्तप्रति श्रद्धार्पण गरिएका रचनाहरू वाचन गरिए । वाचित सिर्जनाहरूमा टेकबहादुर लौडारीले "चुँदी रम्घाको सेरोफेरो" (सवाई छन्दको कविता), सुधा बाँस्कोटा ढकालले "श्रद्धा पुष्पार्पण" (पञ्चचामर छन्दको कविता)

‎बालकृष्ण सुवेदीले "भानु साहित्यका किरण" (लोकलयको कविता), खोलाघरे साहिंलोले "भानुभक्तप्रति" (स्रग्धरा छन्दको कविता), जगदीश्वर पोखरेलले "भानु" (द्रुता छन्दको कविता), सुरेशचन्द्र घिमिरेले भानुप्रति श्रद्धा भाव प्रकट गर्दै डाली, कोपिला, दुर्गा अधिकारी भँमरकोटेले "भानुप्रति श्रद्धाभावका १० सुसेलीहरू, गणेश आत्रेय-"भानु सच्चा उदायौ" (चित्राक्रान्ता छन्दको कविता), चन्द्रा नेउपानेले भानुश्रद्धाका पाँचवटा सुसेलीहरू, गङ्गा लिगलले " घाँसी बोल्छ" (गद्यकविता), दुष्यन्त भट्टराईले "भानु" (स्रग्विणी छन्दको कविता), पुरुषोत्तम सिग्देलले "घाँसी र भानु" शीर्षकको गजल शैलीको रचना भुजङ्गप्रयात छन्दमा, वीरबहादुर लोहनीले " आदिकवि भानुमा सम्झना" लोकलयमा आधारित कविता तथा डा. बमबहादुर थापा जितालीले " नेपाली भाषाका भानु" शीर्षक सवाई छन्दको कविता वाचन गर्नु भएको थियो ।

‎कार्यक्रममा वाचित रचनाहरूको लघुसमीक्षा खोलाघरे साहिंलाबाट भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. बमबहादुर थापा जितालीले सबैलाई हार्दिक  धन्यवाद दिंदै सभा समापन भएको घोषणा गर्नुभएको थियो ।

‎

‎

‎

images
प्रकाशित मिति :श्रावण ५, २०८२ आइतवार - १९:३४:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend