Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लघुकथा कृतिको विमर्श एवम् एकल लघुकथा वाचन समारोह सम्पन्न

लघुकथा कृतिको विमर्श एवम् एकल लघुकथा वाचन समारोह सम्पन्न

नेप्लिज डायस्पोरा

५, श्रावण २०८२
images
लघुकथा कृतिको विमर्श एवम् एकल लघुकथा वाचन समारोह सम्पन्न

पाल्पा, २८ असार । 

 

लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति "अन्त्य" को विमर्श एवम् एकल लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ । 

 

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वर्षोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा 'वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६', स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम एकल लघुकथा वाचन समारोह आज शनिबार दिउँसो वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरिएको थियोे । 

 

कार्यक्रममा 'अन्त्य' लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरूको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेग्मी खनालको बीच मिलन समीरको सहजीकरणमा विमर्श गरिएको थियोे । 

 

पुतलीबजार- १३ मा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेग्मी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको 'अन्त्य' लघुकथा सङ्ग्रह पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधामा केन्द्रित प्रतियोगिताहरूमा पुरस्कृत भइसकेकी छिन् । 

 

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई 'वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६', स्याङ्जाका संस्थापक संयोजक युवाकवि मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे । 

 

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू सरस्वती अर्याल, गुरु ढकाल, भविश्वर पङ्गेनी, खगेन्द्रजंग थापा, शोभाकान्त रेग्मी, विष्णु पङ्गेनी पाण्डे, जि.बी. राना, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, राजु गैह्रे, वसन्त खनाल, सूर्याम्श अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतद्वारा आफ्ना उत्कृष्ट  रचनाहरू वाचन गरिएको थियोे ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ आइतवार - १९:३६:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend