Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

असार र आधुनिक घाँसी (कविता) - नीरा सुब्बा नेचाली

असार र आधुनिक घाँसी (कविता) - नीरा सुब्बा नेचाली

नेप्लिज डायस्पोरा

५, श्रावण २०८२
images
असार र आधुनिक घाँसी  (कविता)   - नीरा सुब्बा नेचाली

गन्गनिँदै छ घाँसी 

असारे झरीलाई नियास्रो भई नियाल्दै 

गाईगोठबाट  !

ब्वाँ गरेर कराउँदै छ भर्खरै बाच्छो जन्माएकी सेती गाई गोठबाट भोकले ।

मीठो बिगौती खान कहाँ सजिलो छ र घाँसीको निर्धन परिवारलाई ?

दुधको ठेक्का रोकिएको छ ।

यो महिना धौ धौ छ खर्च टार्न ।

जहिले असारको पन्ध्रले नछाड्ने घाँसी दाईलाई ।

उसलाई के थाहा ? 

आदिकवि भानु को थिए ?

उसले इनार खनेको कथालाई अमर बनाई आफू पनि अमर भई 

सालिग बनेर सुस्ताई रहेछ टोल, गाउँ अनि शहर शहरमा ससम्मान  ।

घाँसीले हिजो आज सोच्दो हो 

गाईवस्तु बेचेर समयमा नै विदेशतिर लागौं कि ?

हिउँद, बर्खा कति घाँस काटिरहने, 

उमेर छँदै जागौं कि ?

विदेशबाट महिनापिच्छे घरमा रूपियाँ पठाउँला, 

परिवारको भरणपोषण सही पाराले गरौंला ।

घाँस त उम्रिहाल्छ असार न मङ्सिर

तर इनार खन्ने जग्गा नै रहेन ,

कवि भानु त अमर अमर भए 

तर घाँसी कतैको रहेन ,

तर घाँसी कतिको रहेन । 

 

- पश्चिम बंगाल दार्जिलिङ 

हाल : अम्बाधुरा सालबारी, सिलगढी ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ आइतवार - १९:३८:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend