Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लालपट्टा (लघुकथा)

लालपट्टा (लघुकथा)

नेप्लिज डायस्पोरा

५, श्रावण २०८२
images
लालपट्टा (लघुकथा)

लालपट्टा  (लघुकथा) 

हरिपुर हरियाली छ, तर किसानको मनमा भने सुनसान छ। रमेश काका उमेरले ६० काटेका छन् तर आज पनि खन्नीको कोदालो बोकिराखेका छन्।
यस वर्ष मधेसमा वर्षा नै भएन। भविष्यवाणी कर्ताको भविष्यवाणी ठ्याक्कै उल्टो भएको थियो। झिनो आशामा धेरैजसो कृषक खेतमै थिए।

सुनिल छेउमा उभिएर बाँझो खेत हेरिरहेका थिए। उनी काठमाण्डौबाट उच्च शिक्षा पढेर फर्किएका थिए । रमेश काकाले सुनिलको मुहारमा हेरेर भने,“हेर न सुनिल,यो खेत मैले बाबुबाजेको पालादेखि जोत्दै आएको। तर कागजमा नाम नै छैन ।” उनको पीडा मिश्रित मलिन स्वर थियो।

सुनिलले भने, “काकाजी, किन नलेखाउनु भएको त? मालपोत तिरेको कागज छैन ?”
“छैन बाबु। कहिल्यै नाममै गरिएन, हामी त बसोबास गरिरह्यौं। खन जाेत गरिरह्याै। अब त सरकारले जग्गा मिचेको भन्छ।”

यो ब्यथा रमेश काकाको मात्र थिएन। पूरै गाउँ अझ हजारौं मधेसी किसानहरूको ब्यथा उस्तै थियो।जमिन उनकै श्रमले फल्ने गर्थ्यो, तर नाम अर्काको सजिएको थियो।
समाजसेवी सुनिलले गाउँमा जमिन अधिकारको अभियान सुरु गरे। काकाहरूलाई लिएर नगरपालिका धाय । पुस्ताै पुस्ता बसेको कागज बनाए । भाेग चलनकाे नाप नक्सा मिलाए। करिब वर्ष दिनको संघर्षपछि केही किसानलाई स्थानीय पालिका मार्फत लालपुर्जा थमाइयाे।

लालपुर्जामा आफ्नो फाेटाे हेरेपछि रमेश काकाका आँखा रसाय । उनले आँसु लुकाउने काेशिस गर्दै भने, “अब मेरो छोरोले पनि खेत जोत्नेछ, डर बिना, अधिकार सहित। आफ्नो पनकाे आभासमा । अव त मेरो पनि लालपट्टा छ।”

-गाेपी राम भण्डारी
सिरहा

images
प्रकाशित मिति :श्रावण ५, २०८२ आइतवार - २१:३३:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend