Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

नेप्लिज डायस्पोरा

२५, श्रावण २०८२
images
कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

‎पाल्पा, साउन २२ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५० औँ विद्युतीय प्रसारबाट रचनावाचन कार्यक्रम आज २०८२ साउन २२ का दिन सम्पन्न भएको छ । ‎ कार्यक्रमको सञ्चालन र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर कलानिधि दाहाल विशिष्ट अतिथिमा डा. बमबहादुर थापा 'जिताली', डा. देवी पन्थी, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, जनार्दन अधिकारी 'धड्कन', हुनुहुन्थ्यो । 

‎कार्यक्रममा रचनाहरू प्रस्तुत गर्ने साहित्यकारहरूमा कलानिधि दाहाल - वर्षामास (अनुष्टुप् ), बमबहादुर थापा 'जिताली' - मुलुकको माहोल (असारे/झ्याउरे), पुरुषोत्तम सिग्देल - हजार चन्द्र दर्शन (पञ्चचामर), गङ्गा लिगल-मुक्तक, जनार्दन अधिकारी धड्कन- नायकहरू-गद्य र खोरिया, लक्ष्मीप्रसाद मिश्र - नागको अर्चना - सुसेली, टेकबहादुर लौडारी, रोगको मन्त्रालय- (स्रग्विणी), दुर्गाप्रसाद सिग्देल – दौडलाई बिर्साई - (स्रग्धरा), चन्द्रावती अधिकारी – लेखक हाम्रा गौरव - (शार्दूलविक्रीडित), परशुराम पराजुली - कोटा- (अनुष्टुप्), जगदीश्वर पोखरेल – समानता- (उपजाति), गणेश आत्रेय- आनन्द मद मनभाव गर्छ - (वसन्ततिलका), गोमविक्रम - मुक्तक, रामचन्द्र न्यौपाने - बुझ्नेलाई श्रीखण्ड नबुझ्नेललाई खुर्पाको बिँड - (अनुष्टुप्), बिनुबाबा घिमिरे - बुझी आँखा तरेका छन् - (विधाता) छन्दमा कविता वाचन गर्नु भएको थियो । त्यसै गरी साहित्यकार डा. देवी पन्थी, ललिता खरेल, रामकृष्ण अधिकारी विष्णुप्रसाद पौडेल, पुष्पा मिश्र, वसन्त अधिकारी, शिखरनाथ ढकाल लगायतले शुभकामना दिनु भएको थियो । 

वाचित रचनाहरूको संक्षिप्त टिप्पणी परशुराम पराजुलीले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो । ‎

images
प्रकाशित मिति :श्रावण २५, २०८२ शनिवार - १७:४५:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend