गरिब बुढीआमैसँग केही थिएन, मात्र पारसमणि । धेरैले फलाम दलेर सुन बनाए, त्यो पनि निःशुल्क, सबै जना धनी भए । तृप्त पेट, खुशी मन, गाउँमा प्रेमको वर्षा भयो । बुढीआमै गाउँ छोड्न बाध्य भइन् । गाउँ कङ्गाल भयो। रह्यो केवल भोक, गरिबी र पश्चाताप ।
-युवराज मैनाली