Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

स्विट नाइफ

स्विट नाइफ

नेप्लिज डायस्पोरा

२७, श्रावण २०८२
images
स्विट नाइफ

स्विट नाइफ

पुष्करको मिठो बोलिको प्रभावले समाज एकोहोरो बनिसकेको थियो । देश खाई शेष बनेका मान्छे हर्के संग भने यस्तो स्वभावका मान्छेबाट पटक पटक धोका खाइ सकेको अनुभव थियो । आफ्नो कर्तुत लुकाउँन या थाहा पाउनेले सिधा विरोध गर्न नसकुन भनि त्यस्ता मान्छेहरू मिठो र नरम बोलि बोल्ने गर्छन् भन्ने उनलाई लाग्थ्यो ।

 

हर्केलाई पुष्करको स्वभाव भित्र पनि त्यस्तै कुरा लुकेको हुनुपर्छ जस्तो भन्ने लाग्थ्यो । यो कुरा समाजमा जिम्वाल लागायत अरू एकदुइजना बुज्रुकहरूलाई भने । तर, कसैले पत्याएनन् । जिम्वाल गाउँका धनाढ्य थिए । कमिज सुर्वालमा ठाट्टिएर घोडा चडेर हिड्थे । सबैले नमस्कार गर्थे । तर ४५ बर्ष कटिसक्दा पनि सन्तानका पिता बन्न सकेका थिएनन् ।

सधै झर्को फर्को मात्र गरि रहने आफ्नी पत्नी केही महिना देखि एकदम नरम व्यवहार र चेपारे बन्दै गैरहेकी थिईन् । जिम्वाललाई अचम्म लागिरहेको थियो । अचानक आफ्नी पत्नी राधिका गर्वबती भएको थाहा भयो । हर्सोल्लास भयो गाउँभरि । अन्तत छोरा जन्मियो ।

जिम्वालले भगवानको नाम लिंदै छोराको मुख हेरे । छोराको अनुहार आफ्नो साखा सन्तान कोही सँग पनि मिल्दो जुल्दो थिएन । बरु काटकुटी पुष्कर सँग मिल्थ्यो । पुष्करलाई बोलाएर गफगाफ गर्दै छोरा हेर्दैनौँ ? भनि सोधे । खल्तीबाट एक हजारको नोट निकालेर पुष्करले बच्चाको हातमा राख्दै कति सुन्दर बाबुराजा जन्मे जिम्माल साब ।

हजुरलाई अनगिन्ति शुभकामना । बँसज पनि बच्यो भनि हात मसार्दै भन्यो । जिम्वाल भने उस्को अनुहार पढ्दै थिए । जिम्वालको त्यो एकोहोरो हेराइले आफ्नो कर्तुत थाहा भएछ भन्ने सोच्न थाल्यो पुष्करले । हुनत, यस्ले मात्र थाहा पाएर मात्र के फरक पर्छ र ! आखिर गाउँ समाजका कसैले पनि उस्को कुरा पत्याउँदैनन् क्यारे भनेर सोच्दै थियो त्यत्तिकैमा पुष्करको फोनमा मेसेजको घण्टी बज्यो ।

हेर्दा त जिम्वालकी पन्तीको मेसेज रहेछ र लेखेकी रहिछन् कि त्यहाँबाट तुरुन्तै भागी हाल्नुस्  । पुष्कर भाग्यो । अनि मात्र थाहा भयो जिम्वाललाई त्यति साह्रो दर्फराउँदो स्वभावकी आफ्नी पत्नी करिब एक सालदेखि यति धेरै चेपारे र नरम किन भएकी रहिछ भनेर ।

images
प्रकाशित मिति :श्रावण २७, २०८२ सोमवार - ००:०४:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend