Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

फूल-फलको श्रद्धाञ्जली (कविता) ✍️ शंकर ढकाल

फूल-फलको श्रद्धाञ्जली (कविता) ✍️ शंकर ढकाल

नेप्लिज डायस्पोरा

२७, श्रावण २०८२
images
फूल-फलको श्रद्धाञ्जली  (कविता)      ✍️ शंकर ढकाल

देखूँ फूल भनी नगेश वनकाे सम्मान,माया गरी

छिट्टै फुल्नु थियाे फुल्याे पनि अहाे ! आत्मीयले बाबरी ।

देखेँ फूल परन्तु फूल म स्वयं देखाउँदै खै किन 

देखी फूल हुँदैछ दु:ख अहिले सम्बन्ध जाेगाउन ।।१।। 

 

हाे ऊ फूल सुगन्धपूर्ण तर ऊ लुक्नेछ काँडा बनी

केही हाेइन किन्तु सर्व पनि हाे, हाे देख्नु इच्छा पनि ।

हाे देखेँ परिणाम ख्याल नगरी इच्छाहरूमा भुली 

फेर्याे आज परन्तु फूल-मनले सम्बन्धले काँचुली ।।२।। 

 

काेही साेध्छ परेर फूलबिचमा हाे फूल नै जीवन 

हाम्राे इज्जत हाे परन्तु कसरी विश्वास गर्छाै भन ?

के पाे भन्नु गरेँ म आज कसरी याे भूल हाे वा बलि

साथी लेखिदिएछ फूल-फलमा सम्बन्ध श्रद्धाञ्जलि ।।३।। 

 

दाेस्राेकाे जब हुन्छ प्रश्न मनमा बिझ्नेछ काँडा बनी

इच्छाले बलि हुन्छ फूल-फलमा सम्बन्धलाई पनि ।

केही हुन्न परन्तु हुन्छ सब नै बाँचूँ मरूँ झैँ गरी

साथी! भन्छ कि फूलले पनि अहाे शंका छ श्रद्धाञ्जलि ।।४।। 

 

इच्छा मात्र रहेछ पर्वत अहाे! याे दु:खकाे बुझ्छु म 

आँखा फाेट्छु परन्तु फूल-फलकाे सम्बन्धमा झुक्छु म ।

हाे देऊ भन मात्र दिन्छु म स्वयं त्याे फूल सम्झी बलि

साथी! फूल भनी म दिन्न कहिल्यै सम्बन्ध श्रद्धाञ्जलि ।।५।।

 

 

- तानसेन -७-काजिपाैवा, पाल्पा

 

 

गीतकार सतीश चापागाईको तिम्रो मन कोमल...

 

images
प्रकाशित मिति :श्रावण २७, २०८२ सोमवार - १९:०४:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend