Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल ✍️ खिम पुन

गजल ✍️ खिम पुन

नेप्लिज डायस्पोरा

६, भाद्र २०८२
images
गजल     ✍️ खिम पुन

न ढुङ्गाले घनको कुरा बुझ्न सक्छ ।

न ढुङ्गाले मनको कुरा बुझ्न सक्छ । 

 

अनाहक ढलेको कहाँ हो र शालिक ? 

कथित आन्दोलनको कुरा बुझ्न सक्छ । 

 

समयमै सबै पात झार्दिन्छ रुखले !

शिशिर आगमनको कुरा बुझ्न सक्छ । 

 

सगर चुम्छु भन्दा अचम्मित नहुनुस् 

रुवाले पवनको कुरा बुझ्न सक्छ । 

 

दुवैका सदियौँ पुराना कथा छन् ! 

जमलले असनको कुरा बुझ्न सक्छ । 

 

पुनः साथ दिन्न भन्यो आज मनले ! 

अब विष वमनको कुरा बुझ्न सक्छ । 

 

- ढोरपाटन - ३, बागलुङ्ग

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - २०:२८:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend