Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

रोमा लम्सालका पाँच मुक्तकहरू

रोमा लम्सालका पाँच मुक्तकहरू

नेप्लिज डायस्पोरा

१३, भाद्र २०८२
images
रोमा लम्सालका पाँच मुक्तकहरू

मुक्तक - १ 

 

जगजाहेर  छ सबै छल, नराखे पनि हुन्छ 

समस्या थपिन्छ हुन्न हल, नराखे पनि हुन्छ

यो  ढुङ्गाको बस्ती हो ढुङ्गाहरू मात्रै बस्छन् 

यहीँ बस्तीमा शिशा पसल, नराखे पनि हुन्छ ।

 

 

 

मुक्तक - २ 

 

दोबाटो आए छुट्न सक्छ, सम्हालेर राख

कतै कसैले  लुट्न सक्छ,  सम्हालेर राख 

उपहारमा  सुम्पिएको  हुँ, दिल  तिमीलाई 

हावा चल्दा  फुट्न सक्छ,  सम्हालेर राख । 

 

मुक्तक - ३ 

 

व्यापारीसँगै व्यापारीले, घुस किन खाएका होलान्

थिच्नेछ  घुसकै  भारीले, घुस किन खाएका होलान्

घुस  लिने दिने   देशका,  दुश्मन  हुन्   जानाजानी

हाम्रा देशका  कर्मचारीले, घुस किन खाएका होलान् । 

 

मुक्तक -४ 

 

सत्य मात्रै बोल्ने नढाँट्ने, एउटा पागल म पनि हुँ

शत्रुको पनि कुरा नकाट्ने, एउटा पागल म पनि हुँ

चामलसँग  पीठो  समेत  नसाटिने  यो बजारमा 

मनलाई  मनसँग साट्ने, एउटा पागल म  पनि हुँ ।

 

 

 

मुक्तक -५ 

 

आउला नसोची बाधा, सापटी  दिए पुग्छ

एकछिन् भइन्छ आहा!, सापटी दिए पुग्छ

दुश्मन  खोज्न  टाढा, जानै पर्दैन  आमा

आफन्तलाई   पैसा,  सापटी  दिए  पुग्छ । 

 

✍️ रोमा लम्साल "नुरा" 

सप्तरी, हाल : काठमाडौं

images
प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - ०७:५१:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend