Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आगो (लघुकथा)

आगो (लघुकथा)

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८२
images
आगो (लघुकथा)

आगो

बस्तीमा रातले स्वर्णमालाको पछेउरी ओढिरहेको थियो । हावालाई जलिरहेको अनागतले सुवासमय बनाएको थियो । बाहनका हड्डीहरू केवल सजावट सामग्री झैँ, सेवानिकेतनका आत्माहरू दिव्य प्रसाद झैँ भस्मित थिए  । छद्मभेषीहरूको बुझाईमा आगो भनेको ‘क्रान्ति’ रहेछ तर ज्वालाले जनताको मनोरथलाई बलिदानको पुष्प बनाइरह्यो । जनगणको स्टोभमा चम्किएको सानो ज्योति उसको जीवनको आरती थियो र बस्ती कालगृहको ज्वाला झैँ दीप्त थियो । अगरबत्तीको धुवाँले आकाश ढाक्यो अनि सत्य, आशा र भोलिलाई ढाक्यो। तत्क्षण जनगणले आगो अन्नपूर्णा र कालरात्रि गरी दुई कुलका हुनेरहेछन् भन्ने बुझ्यो तर प्रश्न अनुत्तरित नै रह्योः के नयाँ बिहानी रक्तयज्ञको सुवासबाट मात्रै अङ्कुरित हुन्छ ?

-युवराज मैनाली

images
प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - २३:०७:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend