Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

यहाँ सस्तो ….( कविता )

यहाँ सस्तो ….( कविता )

नेप्लिज डायस्पोरा

३, आश्विन २०८२
images
यहाँ सस्तो ….( कविता )

यहाँ सस्तो ….( कविता )

 

आकाशमा बादलको थुम्को

 मडारिएको देख्छु

फेरि त्यो थुम्कोबाट बिस्तारै बिस्तारै

 स-साना टुक्रा हुँदै

अनेकन विम्ब र प्रतिविम्ब 

बन्दै छुट्टिन्छ आकृतिहरू

 लाग्छ मेरा आफ्नै सन्तान

यसरीनै मबाट छुट्टिदै छन जस्तो।

 

कहिले त्यो बादल कालो देख्छु

 कहिले सेतो

 अनेकन प्रवृत्ति  देखाउछ बादल

अनि लाग्छ गोधुलीमा

आफ्नै आकृति लोप हुँदैछ जस्तो ।

 

धर्ती पनि कहाँ मौन छ र

उनैको आड्मा न हो

बादलले पनि पानी बोक्ने

वायुले  बटवृक्ष हल्लाउने

सुर्यको तापले परागसेचन गराउने

राति झलमल्ल देख्छु ताराहरू

कहिले खाली देख्छु निलो आकाश पनि

लामपुच्छ्रे तारा झरे जस्तै

गुँड छोडेर उडेको पखेरू

क्षितिजको आडसम्म देखिएपनि

यसै झर्छन हराउछन भविष्यका कोटपालहरू।।

 

छेकारो मार्ने गर्छ आँसुले आँखोलाई

प्राण त्यागेका मान्छे तारा भएका हुन कि

आकाशका आफ्नै सन्तान हुन ताराहरू

खै किन हो ?

आजभोलि विछोडिदैछन  सन्तानहरू

पखालिदै छन चेलीका सिउँदोहरू

रित्तो देख्छु आमाका काँखहरू

अनि शून्य छ आँगन पनि

सस्तो भएको छ प्राण यहाँ

सस्तो भएको छ गोली ,डोरी र रूखका डालीहरू..।

 

-सुभद्रा भट्टराई

 पूर्व प्राज्ञ ,नेपूर्व प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान Iपाल प्रज्ञा प्रतिष्ठाननेपाल प्रज्ञा प्रतिष्ठाननेनेपाल प्रज्ञा प्रतिषल प्रज्ञा प्रति

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०५:२१:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend