जेन्जी (लघुकथा )
‘क’ले भन्यो । ‘म अहङ्कार हुँ ।’ ‘
ख’ले भन्यो । ‘म व्यभिचार हुँ ।’
‘ग’ ले भन्यो । ‘म अहङ्कार र व्यभिचारको उद्गम हुँ ।’
त्यहाँ एउटा अर्को पृथक स्वरुप पनि थियो । उसलाई कुनै ‘ट्याग’ लागेको थिएन । ऊ वोलेन । बोल्दै बोलेन ।
उसले बोल्नै परेन ।
-युवराज मैनाली