Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेप्लिज डायस्पोरा

२३, आश्विन २०८२
images
देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

 

नेपाली कांग्रेसका सभापति देउवाले पार्टी पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाएका हुन् । 

 

असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने मुख्य उद्देश्यले यो बैठक आह्वान गरिएको हो। यद्यपि, बैठकको स्थान सार्वजनिक गरिएको छैन, जसले गोप्यता झनै बढाएको छ।

गत भदौ २४ गते, जेनजी आन्दोलनको दोस्रो दिन, सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि आक्रमण भएको थियो । त्यसपछि उनीहरू सेनाको सुरक्षा निगरानीमा उपचारमा गएका थि ए। यद्यपि, त्यस यता देउवा दम्पत्ति कहाँ बसेका छन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ००:१९:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend