कता कता लाग्छ यहाँ शायद तिहार आउँदै छ,
रङ्ग र बासी मिठाई लिएर दुकानदार आउदै छ ।
धेरै खर्चिलो न बनाऊँ ऋणी भए दुःख पाउला,
गाउँघरमा समेत विदेशीको बजार आउँदै छ ।
भैलोलाई समेत दक्षिणा सोंच विचार गरेर दिनू,
दिनानुदिन नयाँ नयाँ भैलो लगातार आउँदै छ ।
तिहार दशैं चाडबाड सबैको घरमा आउँछ सधैँ,
नेताको घरमा उपहार लिएर सरकार आउँदै छ ।
होस गर्नू सचेत रहनू देश विदेशमा बस्नु भएका,
सावधान दिन्दिनै लुटमारको समाचार आउँदै छ ।
खुसी हुनकै लागि कुनै तिहार पर्खिनु पर्दैन यहाँ,
उस्तै हो चाडवाड सधैँ समय अनुसार आउँदै छ ।
- घोराही - १८, दाङ
१८-१०-२०२५