Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

म पनि बहुलाएको छु (कविता) ✍️ बालकृष्ण गजुरेल

म पनि बहुलाएको छु (कविता) ✍️ बालकृष्ण गजुरेल

नेप्लिज डायस्पोरा

८, कार्तिक २०८२
images
म पनि बहुलाएको छु   (कविता)  ✍️ बालकृष्ण गजुरेल

सत्य बोल्नेहरू —

सधैं बहुला ठानिन्छन्,

किनकी उनीहरू

असत्यसँग सौदा गर्न जान्दैनन् ।

आइन्सटाइन समयसँग बहुलाए,  

 

दा भिन्चीले रेखामा सपना सुताए,

ग्यालिलियोले तारालाई जवाफ मागे,

पास्कलले आत्मालाई गणितसँग नापे —

र सबैलाई भनियो — “ यी त बहुला हुन् ! ” 

 

अब म पनि बहुलाएको छु —

विद्वान झैँ,

विज्ञान झैँ,

दार्शनिक झैँ ।

 

 

जहाँ तिम्रो झुटले

मेरो सत्यलाई चिथोर्छ, 

जहाँ तिम्रो ईर्ष्या

मेरो मौनसँग हार्छ,

त्यहाँ म गर्वले भन्छु —

हो, म बहुला नै हुँ !

 

 

किनकी म देख्छु —

अँध्यारोभित्रको उज्यालो,

म सुन्छु —

मौनताभित्रको आवाज ।

 

 

ए धूर्त मानव !

तिमी कुन ग्रहका प्राणी हौ ?

जहाँ झूट देवता बनेका छन्

र सत्यलाई रोग ठहर गरिन्छ ।

 

 

म अब निसंकोच बहुलाउँछु —

किनकी यही बहुलापनमा

संसार बाँच्ने आँट छ,

र यही पागलपनमा

सत्यको आत्मा जलेको छ । 

 

- हेलम्बु -६ सिन्धुपाल्चोक ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८२ शुक्रवार - ०९:३६:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend