नसोध अस्पताल नदेख्नेलाई गानो कहाँ हुन्छ ?
सडकमा निदाउने मान्छे ! छानो कहाँ हुन्छ ?
पूरै पोशाक पसिनाले भिजेको बेला
खल्ती छाम्दा खल्ती ओभानो कहाँ हुन्छ ?
अन्याय अत्याचारमा बोल्दा किन बोलिस् रे
भाइ म पनि मान्छे हुँ निर्जीव अचानो कहाँ हुन्छ ?
प्रिय हरेक दिन नयाँ बिहान भइरहने यो पृथ्वीमा
बिछोड पछि पनि सम्झना पुरानो कहाँ हुन्छ ?
- हलेसी तुवाचुङ -५, खोटाङ