Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल ✍️ सुरेशकुमार पाण्डे

गजल ✍️ सुरेशकुमार पाण्डे

नेप्लिज डायस्पोरा

२५, कार्तिक २०८२
images
गजल     ✍️ सुरेशकुमार पाण्डे

अमेल मित्रता  हुन्छ चुनावी प्रचार खुब हुन्छ,

चुनावको बेलामा भोटरसँग प्यार  खुब हुन्छ । 

 

महँगी बढ्छ र  जनतामा कालो बादल उस्तै,

फेरी जनतासँग सरकारकै तकरार खुब हुन्छ । 

 

छिमेक मौकामा चौका हुन्छ दलाल छन् खुबै,

असमान सम्झौता विदेशी व्यापार खुब हुन्छ । 

 

चुनाव हारेका पछार्ने दाउँमा उस्तै यताउता,

निर्दोषलाई भ्रष्टाचारमा कारागार खुब हुन्छ । 

 

जनता दु:खी देशमा लुटपाट उस्तै गुण्डागर्दी,

विदेशीकै निसानामा फेरी सरकार खुब हुन्छ । 

 

जसले जिते पनि पैसा प्रधान समाजमा साथी,

आसेपासेको सुसार देशमा हुनेहार खुब हुन्छ । 

 

- घोराही १८, दाङ्ग ।

०८-११-२०२५

images
प्रकाशित मिति :कार्तिक २५, २०८२ सोमवार - ०४:०७:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend