कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५२ औँ प्रविधि मैत्री ११६ औँ लक्ष्मी जयन्ती विशेष रचनावाचन कार्यक्रम कार्तिक २७ मा सम्पन्न गरेको छ । कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेल र प्रमुख अतिथि कविवर कविराज घिमिरे, विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, डा. देवी पन्थी समीक्षक पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।
कार्यक्रममा कविराज घिमिरे (सम्झनामा देवकोटा - भुजङ्गप्रयात), बमबहादुर थापा जिताली (प्रतिभाशाली देवकोटा – असारे झ्याउरे), देवी पन्थी (चारु), पुरुषोत्तम सिग्देल, गङ्गा लिगल (मुक्तक), कलानिधि दाहाल – (असारे झ्याउरे - कोल्फु कल्कल), लक्ष्मीप्रसाद मिश्र - (कर्मदा - सुसेली), गणेश आत्रेय (इन्द्रब्रज्रा- मीठो मौसम जान लाग्यो), दुर्गाप्रसाद सिग्देल (मनमय - मदिरा), चन्द्रावती अधिकारी (लक्ष्मी, आभिरभाव), पवनकुमार बुढाथोकी (चारु), जगदीश्वर पोखरेल (देवकोटासरि - स्रग्विणी ) सुरेशचन्द्र घिमिरे (लक्ष्मी – असारे झ्याउरे), शुशिलकुमार रिजाल – (रमिता – तोटक), वासु ठकुरी – लक्ष्मी - सुसेली, माधवप्रसाद घिमिरे (अटल - शुभकामना) शारदा कार्की, लक्ष्मी आदिले असारे झ्याउरे छन्दका कविताहरू वाचन गर्नु भएको थियो । वाचित रचनाहरूको संक्षिप्त टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नुभएको थियो ।
जय साहित्य ! जय कर्मदा !! जगदीश्वर पोखरेल ।