Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सद्भाव (लघुकथा) ✍️ बालकृष्ण गजुरेल

सद्भाव (लघुकथा) ✍️ बालकृष्ण गजुरेल

नेप्लिज डायस्पोरा

५, मंसिर २०८२
images
सद्भाव   (लघुकथा)     ✍️ बालकृष्ण गजुरेल

" यसले गरी खाँदैन । " रुपकनारायण चिच्याए । 

रमणलाई बाउले विश्वास गरेनन् । बाँकीले पनि कसरी विश्वास गर्नु र ? सफल हुन आफ्न‍ो मेहनत मात्र चाहिन्थ्यो । सहभागिता अरुको । शिवजी साथीको कर्कश आवाज सुनेर दङ्ग परे । सफल हुन मनोविज्ञान चाहिन्थ्यो ।

" बाबा आउनु परो रे ! " रञ्जितले बाउलाई बोलायो । 

शिवजी बोले, " साथीको घरमा केही बेर भलाकुसारी गर्न आएको । छोरा उपसचिव तहबाट बढुवा भयो ।  यहाँ बस्न पाउने भइन ।" 

रुपकनारायण फेरि दङ्ग परे । रञ्जितभन्दा अध्ययनशिल रमण थियो । रमण सामान्य व्यक्ति बने । रञ्जित सचिव तहमा बढुवा भए । आर्थिकस्तर शिवको झनै खस्केको थियो । उनले बाध्य भएर सोधे, " तिम्रो छोराको सफलताको राज के म जान्न सक्छु ? " 

मित्रको कौतुहलता सुनेर शिव बोले, " हाम्रो छोराले सबै गर्न सक्दछ । "

 

- हेलम्बु-६, सिन्धुपाल्चोक ।

images
प्रकाशित मिति :मंसिर ५, २०८२ बिहिवार - ०८:०१:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend